ramraaj

थारु कल्याणकारीणी सभाले रामराज चौधरी लाई केन्द्रीय सल्लाहकारमा मनोनयन गरेको छ । बिहीबार बसेको केन्द्रीय सचिवालयको बैठकमा लामो समयदेखि सभामा योगदान गर्दै आएका सुनसरी रामधुनी भा.सि.न.पा. झुम्का निवासी अधिवक्ता रामराज चौधरी लाई मनोनयन गरेको छ । चौधरीले लामो समय देखि कानुनी क्षेत्रमा उल्लेखनिय योगदान मुलक कार्य गर्दै आइरहेको छ र सुनसरी जिल्लाको थारु कल्याणकारीणी सभाको भुतपुर्व सभापतिको रुपमा पनि कार्य गरिसकेको छ । साथै प्रवासी थारु समाज युएईमा लामो समयदेखि सामाजिक योगदान गर्दै आएका सप्तरी लटियाही निवासी रामभुवन चौधरीलाई पनि केन्द्रीय सल्लाहकारमा मनोनयन गरेको हो ।

तपाईको प्रतिक्रिया