6

निशान प्रकृति, झुम्का एफ.एम.१०६ मेगाहर्ज,झुम्का,सुनसरी
पौष,१८/ रामधुनीभासी नगरपालिकाले आफ्नो तेस्रो नगर परिषद तथा वार्षिक योजना तथा नीति कार्यक्रम सम्पन्न गरेको छ । साँस्कृति पर्यटन तथा नागरिक उडयान पुर्व मन्त्री भिम प्रसाद आर्चायको प्रमुख आतिथ्यता सम्पन्न भएको कार्यक्रममा हजारौ गाउँवासी तथा नगरवासीको उपस्थिाति रहेको छ ।
 
आगामी आर्थिक बर्ष २०७४/०७५ का लागि १६ करोड १२ लाख ९ हजार ५ सय रुपियाँको बजेट तेस्रो परिषदले पारित गरेको निती तथा कार्यक्रम प्रस्तुत गर्दै कार्यकारी अधिकृत प्रमोदकुमार चौधरीले सार्वजनिक गरेका हुन । चौधरीले ५४ बुंदे नीति तथा कार्यक्रम सार्वजिक गर्दै विशेष गरेर नगरपालिकामा अनिवार्य रुपमा स्नातक हुनुपर्ने भासि बहुमुखि क्याम्पसलाई रु १० लाख,नमुना टोल विकासको रुपमा विकास गर्न रु ५० हजार र पुर्ण सरसफाई भएको टोल संस्थालाई थप रु २५ हजार दिने,पहिले शौचालय फिर दिवालय,एक वडा एक उद्यान पार्क निमार्ण, चिस्यान केन्द्र स्थापना गर्ने नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन ।
साथै स्वस्थकर मासुका लागि पशु बधशाला र मिटमार्ट केन्द्रको स्थापना,ऐतिहासिक धार्मिक स्थल रामधुनी मन्दिर तथा बहरा क्षेत्रको प्रवेश द्धार निमार्ण झुम्का बजारमा गर्न रु १० लाख वियोजन,खानेपानी,विद्युत,स्वास्थ्य र पुर्ण सरसफाई २०१७ का लागि नीति तथा कार्यक्रम अधिकृत चौधरीले सार्वजानिक गरेका हुन ।
तेस्रो परिषदका अवसर पारेर रामधुनी भासी नगरपालिकाले विभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्तिहरु तथा नगरपालिकालाई जग्गा प्रदान गर्ने देवराज थापा ,कृष्णप्रसाद सुवेदी त्यसै गरी नगरपालिकाका कर्मचारी ,उत्कृष्ट काम गर्ने टोल विकास संस्था ,वर्डा नागरिक मञ्च लगायतलाई सम्मान गरिएको छ ।
 
तेस्रो नगर परिषद तथा वार्षिक योजना तथा नीति कार्यक्रमका प्रमुख अतिथी पुर्व संस्कृति मन्त्री भिम आर्चायले नगरपालिकाको सुचना केन्द्रको उद्घाटन गरेका थिए । सो अवसरमा वोल्दै प्रमुख अतिथी आर्चायले सुचना केन्द्रले नगरवासी, गाउँवासीलाई सुचनाको हक,अधिकारलाई प्रत्याभुति गरेको छ र यस रामधुनी भासि नगरलाई सबै जनतावासीको एकताको माध्यम बाट जोडिएको बताए । उनले भने यस सुचना केन्द्रले एउटा नमुना नपाको रुपमा पनि विकास गरेको छ । देशमा भईरहेको राजनीतिक खिचातानी,हिमाल,पहाड र तराईमा बसोवास गर्दे आएका समुदाय वीच एक आपसमा झै झगडाको वातावरण सिर्जना गर्ने गलत नियत राखेर संविधान संशोधन गर्नु नहुनेमा जोड दिएका थिए ।
तेस्रो नगर परिषद तथा वार्षिक योजना कार्यक्रममा विशिष्ट अतिथि  सांसद कल्पना चौधरीले अबको स्थानीय चुनावमा तथा कुनै पनि तह, तप्कामा महिलाको सहभागिता हुनु जरुरी छ, महिलाले आफनो हक अधिकार प्राप्त गर्नको लागि एक जुट भएर अगाडि बढनु आवश्यक छ भनि बताएकी हुन ।
कार्यक्रममा विशिष्ट अतिथि,अतिथि सांसद जाकिर हुसेन,भुपु सांसद धर्मराज निरौला,विभिन्न राजनीतिक दलका प्रतिनिधि ,शिक्षक, समाजसेवी साथै नगरवासीको उल्लेखनिय उपस्थिति रहका थिए । सोही कार्यक्रमलाई रामधुनी भासि न.पा.का समाजिक तथा योजना शाखा प्रमुख हर्षलाल चौधरीले कार्यक्रम सञ्चालन गरेका हुन साथै स्वागत मन्तव्य वडा सचिव दिलिप चौधरीले राखेका थिए ।
कार्यक्रमा पुर्ण सरसफाइ सम्बन्धी नाटक,झाँकी, साँस्किृतीक कार्यक्रम पनी प्रर्दशन गरिएको थियो साथै नगरपालिकाले गित र भिडियो गित पनी सार्बजनिक गरेको छ ।
24 75
 
 
 
 

तपाईको प्रतिक्रिया