bbb
झुम्का एफ.एम. झुम्का, नेपाल पत्रकार महासंघ सुनसरीको १० आंै अधिवेशनबाट अध्यक्षमा अमर खड्का विजयी भएका छन् । साथै नयाँ कार्य समिति सहित प्रदेश र केन्द्रीय पार्सदहरुका समेत चयन गरेको छ ।
लायन्स क्लव ,इटहरीको हलमा केन्द्रीय महासचिव उजिर मगरले उदघाटन गरेको अधिवेशनमा बोल्दै उनले नेपाली पत्रकारहरुले पेशागत मर्यादा र सुरक्षा एवंम न्यनतम पारिश्रमिक सम्बन्धी मुद्दालाई विशेष जोड दिदै आएको भए पनि नेपाली पत्रकारहरुले सुरक्षाको अनुभुति गर्न नपाएको गुनासो गरे । सोही समारोमा पत्रकार शालिग्राम पाण्डे,मेनुका पाण्डे द्धारा आफना माता पिता चन्द्रबहादुर र लक्ष्मीदेवी पाण्डेका नाममा स्थापना गरेको ११ हजार रुपैयाँ राशीको “चन्द्रबहादुर लक्ष्मीदेवी स्मृति पत्रकारिता पुरस्कार” अग्रज पत्रकार हर्ष सुब्बालाई प्रदान गरेको छ ।

amar-3aa
अधिवेशनमा कुल २२९ मतदाता मध्ये खसेको २ सय मतबाट प्रेस सेन्टर र प्रेस युनियन प्यानलका अमर खड्का अध्यक्षमा निर्वा्चित भए । प्रेस चौतारीको तर्फबाट महिला उपाध्यक्षमा सुभद्रा प्याकुरेल, उपाध्यक्षमा सन्तोष काफ्ले, सचिवमा हिमाल राई, सहसचिव समावेशीमा दिनेश गजमेर विजयी भएका छन । खुल्ला तर्फको सहसचिवमा युनियन प्यानलका धु्रब ढकाल र कोषाध्यक्षमा गोविन्द बस्नेत विजयी भएका छन ।

amar
त्यसैगरी सदस्यहरुमा युनियनका तर्फबाट अजितकुमार झा, दुबै प्यानलमा नाम भएकामा चन्दन गुप्ता, जनजाति सदस्यमा सुनील चौधरी,मधेशी सदस्यमा टोमराज मेहता (निर्विरोध), चौतारी समूहका अर्जुन सुवेदी, विवेक भट्टराई, कानून कार्की, धनकुमार राई, विशाल राई, धिरेन लिम्बु विजयी भएका छन । त्यसै गरी,सुमित्रा राई, अनिता रसाइली र धनकुमार राई विजयी भएका छन ।
केन्द्रीय सभासद्हरूमा – हर्ष सुब्बा, याम प्रधान, केशव घिमिरे, सुविद गुरागाई, इकवाल अहमद, किशोकुमार कार्की, राजेन्द्र किराती, गङ्गा बराल, लीलाराज भट्टराई, वेदराज पौडेल, सीता मादेम्बा, भैरव आङ्ला, राजन केडी, देवेन्द्र कार्की, बाबुराम सुवेदी, रोहितकुमार राई, हेमराज दाहाल, जयकृष्ण यादव, गोपाल दाहाल, मनिता चाम्लिङ, यसोदा सेने, रिता मोक्तान, ममता चौधरी निर्वाचित भएका छन ।
प्रदेश सभासदहरूमा निशान प्रकृति थारु, अर्जुन उप्रेती, अर्जुन शर्मा, आनन्दकुमार श्रेष्ठ, विमल शाक्य, सचिन पोख्रेल, शशी कोइराला, शेखर ढकाल, सन्तोष यादव, सुमन पुरी, श्री शिशा राई, गणेश निरौला, बिनादेवी तामाङ, आशीष विक, पवन अधिकारी, पिएमणि भट्टराई, फूलचन्द मेहता, धनबहादुर पुरी, कुलदीप चौधरी, गवनसिंह चौधरी, बाबुराम कार्की, भरतराज शर्मा गोपाल, भोला श्रेष्ठ, रणध्वज लोहार, राजन सुवेदी, विकास चाम्लिङ राई, सुकदेव चौधरी, सुनिता केसी, सोहन श्रेष्ठ, अनवर अन्सारी, सविता राई निर्वाचित भएका छन ।

 

ccc

तपाईको प्रतिक्रिया