madhesi

फाल्गुन १३, काठमाण्डौ, मधेसी मोर्चासहितको संघीय गठबन्धनले चुनाव घोषणाप्रति आपत्ति जनाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिने धम्की दिएको छ ।

तत्काल चुनाव घोषणा फिर्ता नलिए समर्थन फिर्ता लिनेबारे निर्णय गर्नुपर्ने अवस्था आउने निष्कर्ष निकालेको छ ।
साथै सरकारलाई दिएको समर्थन फिर्ताबारे अर्को बैठकबाट निर्णय लिने बताएको छ । संघीय समाजवादी फोरम, नेपालको कार्यालय तीनकुनेमा शुक्रबार बसेको बैठकले संविधान गठबन्धनले स्थानीय तहको चुनाव मान्य नरहेको र त्यसविरुद्ध सशक्त आन्दोलन गर्ने निर्णय गरेको छ । ‘वर्तमान सरकार आफैंले संसद्मा दर्ता गरेको संशोधन विधेयक परिमार्जनसहित पारित नगरी २०७४ वैशाख ३१ गतेका लागि निर्वाचन घोषणा गरिएकोले स्थानीय तहको निर्वाचन हामीलाई मान्य छैन’ गठबन्धनको निर्णयमा छ ।

संसद्मा प्रतिनिधित्व गर्ने दलहरुसँग छलफल गरी अर्को बैठकमा निर्णय गर्ने’ गठबन्धनका प्रवक्ता ओम गुरुङद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । बैठकले भावी आन्दोलनका कार्यक्रम तय गर्न फोरम नेपालका सह(अध्यक्ष राजेन्द्र श्रेष्ठको संयोजकत्वमा ९ सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा बृषेशचन्द्र लाल, केशव झा, रामनरेश राय, डा. ओम गुरुङ, डा. विजय सैंजु, दुर्गा राई, दलमर्दन कामी र प्रेमबहादुर खाती छन् । साथै कार्यदलले भावी आन्दोलनका कार्यक्रमहरु तय गर्ने, आन्दोलनलाई समर्थन र सहयोग गर्ने राजनीतिक दलरनागरिक समाजरविभिन्न सामाजिक संघ संस्थासँग छलफल तथा समन्वय गरी उनीहरुलाई आन्दोलनमा समर्थन गर्न र सहभागी हुन आह्वान गर्ने छ \

तपाईको प्रतिक्रिया