1111

फाल्गुन १३, झुम्का, महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी शुक्रबार देशभर महाशिवरात्रि पर्व मनायो । हिन्दू धर्मावलम्बी बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी विभिन्न शिवालयमा गई श्रद्धाभक्तिपूर्वक शिवजीको पूजा–आराधना गर्छन् । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व असोज शुक्ल अष्टमीको रातको कालरात्रि, श्रीकृष्ण जन्माष्टमीको रातको मोहरात्रि र लक्ष्मीपूजाको रातको सुखरात्रि जत्तिकै महत्वपूर्ण भएको पुराणहरुमा वर्णित छ । साथै यो पर्व सुनसरीका विभिन्न तिर्थस्थलहरु रामधुनी मन्दिर, ईटहरी १६ को शम्भुनाथ मन्दिर, चतराको वराहक्षेत्र मन्दिर, धरानको पिण्डेश्वर मन्दिर र झुम्काको झुम्केश्वर शिव मन्दिरमा श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गरी मनाएको छ । राम्रो पति पाउन, घरमा सुख, शान्ति र समृद्धिको कामना गर्दै यो पर्व विशेष गरेर महिला,दिदी वहिनीहरु दिनभरी भोकै व्रतवसी मनाउने पौरानिक चलन रहदै आइरहेको छ ।

96_bigramdhuni

तपाईको प्रतिक्रिया