झुम्का एफ.एम.सुनसरी,झुम्का/ रामधुनी संरक्षित बनको दोस्रो साधारण सभा परिषद विहीवार एक कार्यक्रम बिच सम्पन्न भएको छ ।
रामधुनी मन्दिरको परिसरमा भएको साधारण सभामा सबैले रामधुनी वनलाई संरक्षण र विकास गर्न जरुरी छ, साथै रामधुनी मन्दिर र वन क्षेत्रलाई संरक्षण गर्ने निति तथा कार्यक्रम बनाउन जरुरी रहको छ भनी आवाज उठाएका छन ।
आ.ब. २०७२/७३ को आर्थिक बिवरण कोषाध्यक्ष भगवती खडकाले प्राप्ति र भुक्तानी गरेको कारोबार ४ लाख ४९ हजार पाँच सय पचपन्न रुपैया देखाएकी छन् । विभिन्न शिर्षकमा बन कार्यालय, सामुदायिक बन उपभोक्ता समुह र ब्यक्तिगत सापटिलिएको देखाएको छ भने भुक्तानि दिनुपर्नेमा शुसान तथा लेखातालिम, प्रचार प्रसार, विरुवा ढुवानी, अनुगमन, वृक्ष रोपन, यातायात खर्च ,गोवर मलखरीद, भ्रमण, काठ लगत संकलन र वन डढेलो नियन्त्रणको लागि खर्च भएको भुक्तानी दिनु पर्नेमा प्रतिवेदनमाबाट प्रस्तुत गरेको छ ।

17203916_600172286846103_771038759_n
उक्त साधारणमा बोल्दै परिषदका अध्यक्ष डिल्ली कार्कीले रामधुनी मन्दिर र वनको संरक्षण र विकासको लागि सबैको साथ र सहयोगको खाचो छ, वनमा भएको समस्यालाई सबै मिलेर समाधान गर्नुपर्छ भनी जोड दिएको छ, साथै रामधुनी मन्दिरमा धुनी बाल्नको लागि मुढा नएकोले वन समुहलाई सहयोगको लागि अपिल गरेको थिए, मन्दिर परिसरमा दिसा र पिसावको लागि एउटा चर्पी पनि नभएको र आगन्तुक पाहुनाको लागि एक जोर खाट नभएकोले लाज मर्दो स्थिति रहको दुख व्यक्त गरे ।
त्यसैगरी साधारण सभामा सहायक बन अधिकृत तथा परिषदका सचिव राजेन्द्रं प्रसाद यादव विभिन्न स्रोतहरुबाट आएको आम्दानी मोटामोटी रुपमै प्रस्तुतगर्दा सदस्यहरु अन्योलमा परे ।
उक्त साधारणसभा डिल्ली कार्कीको सभापतित्वमा र प्रमुख अतिथि बन अधिकृत उपस्थित नहुन सक्दा मन्दिरका पुजारी कासिदास उदासि महन्तको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

17238187_600172363512762_1604035142_nramdhuni

तपाईको प्रतिक्रिया