झुम्का एफ.एम 106 mhz/झुम्का,सुनसरी

हिन्दू धर्मालम्बीहरुको महान् पर्व होली तराई/मधेशमा हर्ष, उत्साहका साथ मनाएको छ । सामाजिक सद्भाव अभिवृद्धि गर्नु, सबै खुसियाली पूर्वक होली मनाउनु, विगतका वैमनस्यतालाई बिर्सेर नयाँ सम्बन्ध बनाउनु नै यस पर्वको मुख्य उद्देश्य रहेको छ । सोमबार झुम्का, पकली, इटहरी, इनरुवा तथा ग्रामीण क्षेत्रमा धुमधामका साथ विभिन्न रङ दलेर एकआपसमा धुमधमामका साथ मनाइएको छ ।hollll

झुम्काका बजार तथा गाउँ–गाउँमा विभिन्न कार्यक्रम गरी युवायुवतीका साथै सर्वसाधारण आ–आफ्ना चिरपरिचितसँग एकापसमा अबिर र रग दलेर होली खेलेका छन् । यस पर्वमा घर–घरमा विभिन्न परिकार सेल रोटी, थारु रोटी, ठेकुवा तथा विशेष गरी माछा, मासु पकाएर खुशीयालीका साथ खाइ मनाउने गरिन्छ साथै घरमा आफनो कुल देउतालाई अनिवार्य रुपमा मालपुवा, रग, मिठाई पकाएर चढाउने गर्छन् । तराईका जिल्लामा फागुपूर्णिमाका दिन अर्थात् बेलुकीको समयमा होलीका दहन गरी होली पर्व मनाई समापन गर्ने गर्दछ छ । यस पर्वलाई झुम्का एफ.एम १०६ मेगाहर्जले होली विशेष हागामा प्रत्यक्ष प्रसारण गरी मनाएका थिए ।

jhumka-5 jhumka-8

तपाईको प्रतिक्रिया