janjati

झुम्का एफ एम/ नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) जिल्ला शाखाको दोस्रो अधिवेशनले अध्यक्षमा सर्वसम्मतबाट धिरेन्द्र चौधरीलाई निर्वा्चित गरेको छ ।
समावेशी सञ्चार हाम्रो अभियान मुलनारा लिई आदिवासी पत्रकारको अवस्था, स्थान, अधिकार र हरेका क्षेत्रमा समावेशी तवरले पहुँच हुनु पर्ने माग राख्दै सुनसरी भरिका आदिवासि जनजाति पत्रकारहरुले समेत माग गरेका छन ।
झुम्काको क्षेत्रीय कृषि तालिम केन्द्रको सभाहलमा भएको अधिवेशनले समितिको उपाध्यक्षमा विनय प्रधान, सचिवमा शिशिर राई, सह सचिवद्वयमा निशान प्रकृति थारु र सुप्रिया राई र कोषाध्यक्षमा कुशल कुरुङभङ चयन भए । यसैगरी सदस्यहरुमा इक्सा मादेन, कमला चौधरी, विक्रम सुब्बा, विजय राई, नविन चौधरी, प्रेरणा अठाप्रे, लिलिनाथ गच्छदार रहेका छन् ।
त्यस्तै केन्द्रीय पार्षद्मा हर्ष सुब्बा, यम प्रधान, स्वर्णिमहाङ फोम्बो, सुनिल चौधरी, कुलदीप चौधरी, विनय राजवंशी, सुकदेव चौधरी, दिव्या चौधरी, आर्दश आलेमगर, नविन गुरुङ, जनकऋषी राई र गोपाल देवान रहेका छन् । प्रदेश पार्षद्मा सुम्निमा चाम्लिङ, सिंहबहादुर मादेन र सञ्जु राई छन् । प्रदेश पर्यवेक्षकमा राजकुमारी चौधरी र टिना चोङबाङ छन् ।

jnt
कार्यक्रमको उद्धघाटन प्रमुख अतिथि फोनिजका केन्द्रीय उपाध्यक्ष भैरव आङ्ला, थारु कल्याणकारिणी सभाका केन्द्रीय सल्लाहकार रामराज चौधरी, फोनिजका केन्द्रीय सल्लाहकार तथा अग्रज पत्रकार हर्ष सुब्बा लगायतले गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि आङ्लाले आदिवासी जनजाति पत्रकारलाई हरेका क्षेत्रमा समावेशीले तवरले पहँच हुनु जरुरी छ,आदिवासी पत्रकारले भोग्दै आइरहेको समस्यालाई सकारले छिटै समाधान गर्नु जरुरी छ, त्यसैगरी थारु कल्याणकारिणी सभाका केन्द्रीय सल्लाहकार रामराज चौधरीले आदिवासी जनजाति पत्रकारले ग्रामिण भेगका जनताका आवाज, अधिकारबाट वञ्चित भएका समुदायको उत्थानको लागि कलम चलाउनु पर्ने बताएका छन ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्काले जनजाति पत्रकार लागि जतिसुकै बेला पनि सहयोग गर्ने तत्पर रहको र कसै संग पनि जनजाति पत्रकारलाई अहित हुने काम सगं सम्झौता नगर्ने प्रतिबद्धता गरेका थिए ।
कार्यक्रम नेपाल प्रेस युनियन सुनसरीका अध्यक्ष गणेश निरौला, थारु पत्रकार संघ सुनसरीका अध्यक्ष कुलदीप चौधरी विभिन्न जनजाति संघ,सस्थाका प्रतिनिधि÷समाजसेवी÷राजनिती कर्मी तेजनारायण चौधरी, केदार श्रेष्ठ, राजकुमार चौधरी, केसीलाल चौधरी लगायतका ले नयाँ कार्य समितिलाई शुभकामना दिनुका साथै आदिवासी जनजाति पत्रकारलाई ग्रामीण भेगका जनजाति समुदायका बारेमा कलम चलाउन आग्रह गरे थिए ।
अधिवेशनका क्रममा नेपाल पत्रकार महासंघ सुनसरीको १० औं अधिवेशनबाट निर्वा्चित कार्य समिति र केन्द्रीय पार्षद्, प्रदेश पार्षद्हरुलाई प्रमाण पत्रसहितले सम्मानित गरिएको छ । जिल्लाबाट २७ जना फोनिज पत्रकारहरु  नेपाल पत्रकार महासंघ सुनसरी निर्वा्चित भएको थिए ।

तपाईको प्रतिक्रिया