झुम्का एफ.एम.१०६ मेगाहर्ज/सुनसरी जिल्लाको रामधुनी नगरपालिका, साबिक चादँबेला, मधेली, एकम्बा गाँउ क्षेत्र तथा त्यस आसपासमा सञ्चालित पन्ध्र बढि विद्यालयहरुको शैक्षिक स्तर निकै खस्कदो अवस्था रहेको अनुगमनमा पाएको छ ।
नेपाल रेडक्रस उपशाखा भवन झुम्कामा भएको कार्यक्रम वीच उक्त कुरा सार्वजानिक गरी भौतिक एवम सामाजिक अवस्थाका विषयमा गरिएको अनुगमन एवम त्यसको सुधारका पक्षमा चालिनु पर्ने कदमका विषयमा छलफल गरिएको छ ।
वलर््ड भिजन नेपालको सहयोग तथा युथ क्रियशन सुनसरीको आयोजनामा विद्यालय अनुगमनको समिक्षा तथा कार्ययोजना निमार्ण कार्यक्रममा जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक, स्रोत ब्यक्ति विभिन्न विद्यालयका प्रधानाध्यापक, नगरपालिकाका अधिकृत एवम सञ्चारकर्मी र राजनीतिक दलका प्रतिनिधिहरुबीच विद्यालयको सुधारका विषयमा बिस्तृत छलफल भएको हो ।

चैत ८/९ गते दुई दिनसम्म चलेको विद्यालयको शैक्षिक भौतिक एवम विद्यालय आसपासका सामुदायको अवस्थाका विषयमा समेत गरिएको अध्ययन एवम अनुगमनका क्रममा कतिपय विद्यालयको कक्षा ७ मा अध्ययनरत बालबालिकाहरुले नेपालीको अक्षर समेत नचिनेको, पढन न जान्ने अवस्था फेला परेकामा समीक्षामा सहभागिहरुले चिन्ता र अपत्ती समेत जनाउनु भएको छ ।
विशेषगरी चाँदबेला गाविसमा रहेको नेराहरी माविको कक्षा ७ सम्मका विद्यार्थीहरुको अवस्था त्यस्तो रहेको जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षकहरु स्वयमले त्यस्तो अवस्था रहेको समीक्षा कार्यक्रममा प्रतिवेदन सार्वजनिक गर्दै त्यहाँका प्रधानाध्यापक काशीराम चौधरीले गल्ती स्वीकार्दै सुधारको प्रयास गर्ने प्रतिवद्धता समेत ब्यक्त गरेको विद्यालय निरीक्षक राजन गेलालले बताए ।
समीक्षा कार्यक्रममा विद्यालय स्रोत ब्यक्ति यज्ञ ढकाल विद्यालय निरीक्षक शम्भु पाण्डे लगायतले विद्यालयका अवस्थाका विषयमा गम्भीर रुपमा प्रतिवेदनहरु सार्वजनिक गर्दै विद्यालयका वर्तमान शैक्षिक भौतिक एवम अन्य सुधारका पक्षमा समुदाय, राजनीतिक दल र स्वयम शिक्षा कार्यालय शिक्षक अभिभावकहरु सवै मिलेर अघि बढ्न जरुरी रहेको निचोड पनि निकालेको छ ।

तपाईको प्रतिक्रिया