निशान प्रकृति/झुम्का एफएम,झुम्का /   सुनसरी जिल्लाको रामधुनी नगरपालिकाका कार्यकारी अधिकृत प्रमोदकुमार चौधरी लाई विदाई गरी  नयाँ कार्यकारी अधिकृतको रुपमा सुर्यप्रसाद गौतमलाई एक समारोह विच कार्यालयमा स्वागत गरिएको छ ।

कार्यक्रममा कार्यकारी अधिकृत प्रमोद कुमार चौधरी र लेखा शाखा प्रमुख रोशन पोखरेल लाई विदाई गरिएको हो ।

रामधुनी नगरपालिका सभाहलमा भएको कार्यक्रममा चौधरीले  मायाको चिनो र ढाका टोपी ल्याइदिएर  नयाँ अधिकृत गौतम लाई स्वागत गरे भने फुलमाला र दोसल्ला ओढाएर  चौधरी लाई विदाई गरिएको हुन ।

उक्त कार्यक्रममा बोल्दै कार्यकारी अधिकृत चौधरीले २६ महिनाको दौरानमा कार्य गर्दा निकै खुसि तथा जिम्मेवारी बोध गराएको छ भनी बताए । यस नगरपालिकामा कार्यरत रहि विकास र योजना कार्यक्रम साथै नगरलाई प्रगति र उन्नतिको बाटोमा ल्याउनलाई राजनीतिक दल,संघ,सस्था,बुद्धिजीवि तथा गाउँवासी,नगरवासीले निकै सहयोग र साथ दिएकोमा धन्यवाद ज्ञापन गरे ।

उक्त विदाई समारोहमा बोल्दा बोल्दै भाबुक बनेका चौधरी “सरुवा र बढुवा एक स्वाभाविक प्रक्रिया हो” हामी निजामति कर्मचारी नेपालको ७५ जिल्लामा जहाँ गए पनि राम्रो काम गर्न आग्रह गरे । जस्तो सुकै अवस्थामा पनि कर्मचारीले सेवाग्रहीलाई राम्रो काम र असल व्यवहार गर्न सुझाव दिए ।
कार्यक्रममा बोल्दै नयाँ अधिकृत गौतमले रामधुनी नगरपालिकामा कार्य गर्ने अवसरमा मिलेकोमा खुशी व्यक्त गरे साथै नगरलाई विकास तथा समद्धि गर्न राजनीतिक दल तथा नगरवासीहरुसंग मिलेर जाने र सहकार्य गरी काम गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो ।

उक्त समारोहमा रामधुनी वडा मञ्चका राजकुमार चौधरी,लक्षित वर्ग सञ्जालका राधा भटराई र युथ क्रियशन सुनसरीका अध्यक्ष जितेन्द्र नायक लगायतका राजनैतिक दल, समाजसेवी साथै विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले स्वागत तथा विदाई मन्तव्य राखेको थिए ।कार्यक्रममा स्वागत मन्तव्य वडा सचिव दिलिपकुमार चौधरी राखेका थिए भने कार्यक्रम सञ्चालन समाजिक तथा योजना शाखा प्रमुख हर्षलाल चौधरीले गरेका थिए ।

तपाईको प्रतिक्रिया