झुम्का एफ.एम/झुम्का जेसिजको आयोजनामा भएको शम्भु राईको एकल साँस्कृतिक साँझ २०७३ कार्यक्रम सम्पन्न भएको छ ।
नव बर्षको स्वागर्थ र सामुदायिक भवनको निर्माणार्थका लागि सम्पन्न उक्त कार्यक्रममा गायक राईले पहिलो गीत “झुपडीमा नुन छैन..देखि लिएर “चिठी तिमिलाई लेखु भन्छु… करिब एक दर्जन भन्दा बढी गीत/संगीत प्रस्तुत गरेका हुन ।
भुम्का स्थित मनकामना हलमा भएको कार्यक्रममा के बच्चा के, वृद्ध गर्मीको वेवास्ता नगरीकन कार्यक्रममा खचाखच भरीएको दर्शकलाई गायक राईले खुब नचाए । वीच वीचमा दर्शकहरुलाई आफनो गीत मार्फत भावुक बनाउदै आफनो सांगीतिक यात्राका भोगेका दुःख बाधा/अवरोह पोख्दै गीत संगित प्रस्तुत गरेका छन ।


गायक शम्भु राई एकल साँस्कृतिक साँझ २०७३ नाम दिएको उक्त कार्यक्रममा स्थानिय कलाकारहरु अनुष्का नेपाल, लोक गायिका गंगा गौतम, अमृता श्रेष्ठ, नमिता खडका लगायतका हाष्य गायक तुलसी घिमिरेको बेजोड प्रस्तुति रहेको थियो ।
उक्त कार्यक्रम जेसिसका २०१७ अध्यक्ष प्रकाश बन्धु बस्नेतको सभापतित्वमा भएको कार्यक्रममा झुम्काका स्थानिय कलाकार, राजतितिकज्ञ, समाजसेवी, विभिन्न संघ संस्था तथा विद्यालयका शिक्षक लगायत झुम्केली दर्शकहरुको बाक्लो उपस्थिति रहेको भनि कार्यक्रम संयोजक पुष्प कार्कीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया