झुम्का,सुनसरी/झुम्का एफएम १०६ मेगाहर्जको समुदघाटन र सिरुवा साप्ताहिक पत्रिकाको विमोचन समारोह कार्यक्रम सम्पन्न भएको छ ।
झुम्का मिडिया प्रा.लिका अध्यक्ष तथा प्रबन्ध निर्देशक निशान प्रकृतिको अध्यक्षता र पूर्व उप–प्रधान तथा गृह मन्त्री एवंम सञ्चार मन्त्री विजयकुमार गच्छदारको प्रमुख आथ्थिमा सम्पन्न कार्यक्रममा एफएम उदघाटन र पत्रिका विमोचन गरिएको छ ।
असोज १ गते बाट सञ्चालनमा आएको एफएमले छोटो समयमा नै श्रोताहरुको मन जित्न सफल मनोरञ्जन, शिक्षा र स्वास्थ्य क्षेत्रलाई विशेष जोड दिदै आईरहको छ ।


सबैको एउटै आवाज को नारा लिई विभिन्न जातजाति, भाषाभाषि संस्कार,संस्कृति र पहिचानलाई उत्थान गर्ने मुख्य उद्देश्य लिएको छ र सिरुवा साप्ताहिकले समाजमा भएका विकृति, कुरिति आवाज विहीनता आवाज बुलन्द गर्ने भनी प्रकाशन समुह जनाएको छ ।
उक्त समारोहमा बोल्दै पुर्व उपप्रधान तथा गृह मन्त्री अहिलेको सरकार निकम्मा पन भएको छ । एक अर्कालाई आरोप प्रत्यारो लाउदै समय खेर फालिरहेको छ । देशमा भएको उपलब्धीलाई सार्थकता दिन सकेको छैन । आउदै बैशाख ३१ गते स्थानिय निकायको चुनाव सबै मिलेर सफल बनाउन आग्रह गरे ।
तराईमा भईरहेको आन्दोलन र मधेशी मोर्चाकोे मागलाई सम्बोधन गरी निकास दिन जरुरी रहेको र तराईमा भईरहेको सिमानकन र चुनावको विवादले मुलुक द्धन्द्ध तर्फ जाने भएकोले उक्त समस्यालाई समाधान गर्न सबै दललाई आग्रह गरे ।
पुर्व मन्त्री गच्छदारले तीन वटै तहको निर्वाचन गर्न जरुरी छ र थारु समुदायले सदियो देखि भोगदै आईरहेको समस्या,हक अधिकारलाई प्रत्याभुत गरी तराईमा ७ प्रदेश होइन सबै जातजातिको हक,अधिकार समेटेर, सुनसरी, झापा, मोरङ, सप्तरी, सिरहा र उदयपुरलाई मिलाएर ८ औ प्रदेश भयो मात्र समस्याको समाधान हुन्छ भनी बताए ।


उक्त कार्यक्रमा धेरै लामो समय सम्म पत्रकारीतामा कलम चलाउदै आईरहेका पत्रकार नेपाल पत्रकार महासंघका अध्यक्ष अमर खडका आदिवासि जनजाति पत्रकार महासंघका धिरेन्द्र चौधरी, थारु पत्रकार संघसुनसरीका कुलदीप चौधरी र रामधुनी एफएम लाई पूर्व मन्त्री गच्छदारले सम्मान गरिएको छ । साथै झुम्का एफएममा वार्षिक विज्ञापन गर्ने विज्ञापन दातालाई समेत सम्मानित गरिएको छ ।
कार्यक्रममा बोलदै थारु कल्याणकारीणी सभाको केन्द्रिय सल्लाहकार रामराज चौधरी, लायन्स क्लव रामधुनीका डिल्ली कार्की, रामधुनी योजना शाखा प्रमुख हर्ष लाल चौधरी, नेपाल प्रेस युनियन सुनसरीका अध्यक्ष गणेश निरौला र सेभ दि अर्थका संयोजक पुष्प भट्टराई लगायतले झुम्का एफएम र सिरुवा साप्ताहिक पत्रिकको उन्नति र प्रगतिको शुभकामना मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया