झुम्का, सुनसरी / पुर्वाञ्चल क्षेत्रीय कारागार अन्तरगत सुनसरीको झुम्कामा बुधबार शुभकामना आदान प्रदान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । कैदीवन्दीहरुको सोचमा परिवर्तन गरी सकारात्मक धारणा विकास गराउने उदेश्यले सामाजिक गतिविधीहरु संचालन गरिदै आएको क्षेत्रिय कारागारमा आयोजित सांस्कृतिक कार्यक्रममा राष्ट्रिय कलाकारहरुका साथै कारागार भित्रकै कैदीवन्दी कलाकारहरुको प्रस्तुति रहेको थियो ।


कारागारको ब्लक ए ले आयोजना गरेको सांगितीक कार्यक्रममा कैदीबन्दीहरु झुमेका थिए । सांस्कृतिक तथा शुभ कामना आदान प्रदान कार्यक्रममा कलाकारहरुले सुमित खड्काले राष्ट्यि भावनाका गितसंगै केही फिल्मका गित प्रस्तुत गरे भने अहिलेको चर्चित गित घुमाउन लैजाउ मलाई ठमेल बजार ट्याउसी चढाउदै र कालेदाई भन्दै मिना निरौलाले कैदीबन्दीलाई नचाइन ।
त्यसै गरी जुना प्रसाईले कम्मर माथि पटुकी भन्ने गित गाएका थिइन भने डम्मर नेपालीले मलाई छाडेर जाने भए जाउ तर अन्तीम पटक भेट्न आउ लगायतका गित गाए त्यसै गरी सांस्कृतिक कार्यक्रममा मौषमी गुरुङ्ग, मिलन अमात्यले सांगितिक प्रस्तुति दिएका थिए ।

तपाईको प्रतिक्रिया