झुम्का एफ.एम./सुनसरी जिल्लाको रामधुनी नगरपालिकामा रहेका मतदान केन्द्रहरुको अध्ययन र स्थलगत अनुगमन गरिएको छ । सुनसरी जिल्लाका प्रमुख निर्वाचन अधिकृत र जिल्ला प्रशासन कार्यालय एवम् सुरक्षा निकायका प्रमुखहरु सहितको टोलीले बिहिबार स्थलगत निरीक्षण गरेको हो ।
सुनसरी जिल्लाका प्रमुख निर्वाचन अधिकृत अर्जुनप्रसाद कोईराला र प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीको नेतृत्वमा रहेको टोलीले उक्त नगरपालिकामा खडा गरिएका १२ वटा मतदान केन्द्रहरुमा मतदाताको पहुँच रहे वा नरहेको र सुरक्षाका दृष्टिकोणले ढुक्क हुन सक्ने अवस्था रहे वा नरहेको विषयमा पनि टोलीले विशेष रुपमा हेरी स्थानीयवासीसँग समेत परामर्श लिने कार्य गरेकोे सुनसरीका प्रहरी प्रमुख पोषराज पोख्रेलले जानकारी दिए ।
रामधुनी नगरपालिकाको ९ वटा वडामा ३० हजार ३ सय ५६ मतदाता रहेका छन । अनुगमनमा रामधुनी नगरपालिकाका मतदान अधिकृत टुवराज पोख्रेल, स्थानीय विकास अधिकारी तुलसीप्रसाद श्रेष्ठ, जिल्ला शिक्षा अधिकारी खगेन्द्र सुवेदी लगायत सुरक्षा निकायका प्रमुखहरु समेतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया