झुम्का एफ.एम. १०६ मेगाहर्ज, सुनसरी

जेष्ठ २४ बुधबार/ रामधुनी नगरपालिकाको साता व्यापी सरसफाई कार्यक्रम अन्तरगत झुम्का बजारमा फुल, वृक्षारोपण तथा फोहोर राख्नका लागि डस्टविन वितरण गरेका छन् ।
४५ औ वातावरण दिवसको अवसरमा पारेर साता व्यापी कार्यक्रम अन्तरगत ४० वटा गमला सहित धुपी फुल  ६ वटा ठुलो आकारको फोहोर राख्ने डस्टविन वितरण गरेको हो ।
रामधुनी नगरपालिकाका योजना शाखाका प्रमुख हर्षलाल चौधरीको सभापतित्व तथा जिल्ला समन्वय समितिका पुष्प नारायण चौधरीको प्रमुख आथिथ्यमा भएको कार्यक्रममा रामधुनी नगरपालिकालाई २०१७ सम्म पुर्ण सरसफाई युक्त घोषणा गरी नगर तथा गाउँलाई स्वच्छ, सफा, हरियाली शहरको रुपमा निमार्ण गर्ने भनी प्रतिबद्धता व्यक्त गरेका छन ।


कार्यक्रममा बोल्दै सगुन कृषि सहकारी संस्थाका उपाध्यक्ष भोलाकाजी बस्नेत, प्रबन्धक कमलकान्त राई,युथ क्रियशन सुनसरीका अध्यक्ष जितेन्द्र नायक, सरसफाई अनुगमन समितिका सरस्वती पौडेल, राजतिज्ञकर्मी शंकरलाल चौधरी, पूर्व झुम्का जेसिस अध्यक्ष पुष्प अधिकारी लगायतले समुदायमा सरसफाईको महत्व तथा आवश्यकता बारेमा मन्तव्य राखेको थिए ।
उक्त सरसफाई कार्यक्रममा फुलका विरुवा र डस्टविन झुम्कामा रहेको सगुन कृषि सहकारी संस्था तथा युथ क्रियशन सुनसरी, वल्र्ड भिजन र रामधुनी नगरपालिकाले स्थानीय उपभोक्ता समिति सदस्यहरुलाई वितरण गरी सहयोग गरेका हुन ।
उक्त कार्यक्रम रविन्द्र ठाकुरले सञ्चालन गरेका थिए भने कार्यक्रममा झुम्का बजारमा भएको हो ।

तपाईको प्रतिक्रिया