झुम्का एफ.एम. १०६ मेगाहर्ज/असार ३१
झुम्का/असार १४ को स्थानीय निर्वाचनमा भारी मतका साथ विजयी हुनु भएका नेपाली काग्रेसका मेयर र वडा अध्यक्षले आज सुनसरीका पत्रकारहरु संग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका छन ।
सञ्चार भनेको देश र समाजका लागि अभिन्न अगं हो, सञ्चार विना कुनै पनि कुरा असम्भ हुन्छ, भष्ट्र, घुष खौर्ी कर्मचारीलाई खबरदारी गर्छ सञ्चारले र रामधुनी नगरपालिकामा भएका राम्रा कुराहरुलाई देशकै मिडियामा आउन सकोस भनि उद्धेश्यका साथ उक्त कार्यक्रम गरिएको हो ।


कार्यक्रममा बोल्दै रामधुनी नगरपालिकाका नव निर्वाचित मेयर जय प्रकाश चौधरीले म जनताको सेवाको लागि निवार्चित भएको छु । जनताले विश्वास गरेर मलाई सेवा गर्न पठाएको छ । ७० बर्ष हुदा पनि म मा युवा जस्तो जोश जागरले जनताका लागि हरपल कार्य गर्नेछु भनी बताएका छन्
उनले भने अब रामधुनीका जनताले मुस्कान सहितको सेवा पाउँछन, जनताको काम छिटा छरितो र सहज तरिकाले गरीदिदा वहाँहरुले आफै खुशी भएर हामीलाई आर्शिवाद दिनुहुन्छ उनले अपेक्षा गरे, जति राम्रो संग जनताको काम सहज तरिकाले गर्न सकियो त्यति नै जनतामा मुस्कान देख्न पाउछौम् ।


चौधरी मेयरले भने जनताको सेवा पहिलो काम र रामधुनी नगरलाई एउटा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न झुम्का देखि बराहा क्षेत्र र चतरा सम्म सडक निमार्ण, पुर्वाधार विकासको योजना रहेको बताएका छन । उनले भने रामधुनी क्षेत्रलाई विश्व भरी चिनाउनलाई कुनै कसर बाँकी नराख्ने साथै ५ बर्ष भित्रमा सबै वडामा विकासका लागि सबै संग सहकार्य, सहमति र एकता गरेर विकास निमार्णको कार्यमा जोड दिने मुख्य लक्ष्य रहेको बताएका हुन ।
कार्यक्रममा बोल्दै नेपाली काग्रेस रामधुनी नगरका सभापति सुदिप अधिकारीले अहिलेको उपलब्धि भनेको रामधुनी वासीको हो । रामधुनीवासीले सबै पक्षको पुर्वाधारको विकास चाहेका छन र त्यो उद्धेश्य अव नेपाली काग्रेसले पुरा गर्ने छ जसरी जनताले हामीलाई जिताए अब हाम्रो सम्पुर्ण समय जनताको सेवाको लागि सम्र्पित हुनेछ र हामी जे भन्छौ त्यो कुरा गरेर देखाउँछौ अधिकारीले भने ।
कार्यक्रम नेपाली काग्रेसबाट विजयी भएका वडा अध्यक्ष महेश चौधरी, राजकुमार चौधरी, मनेश चौधरीले अब रामधुनी नगरवासी र गाउँवासीको लागि ५ बर्ष सम्म विकास निमार्णको कार्यमा हातेमाले गर्दे जाने भनेर प्रतिवद्धता गरेको छन ।


उक्त कार्यक्रममा नेपाल पत्रकार महासघं सुनसरीका अध्यक्ष अमर खडका,वरिष्ठ पत्रकार याम प्रधान नेपाल प्रेस युनियन सुनसरीका अध्यक्ष गणेश निरौला,युनियन पूर्व अध्यक्ष चेतन धमला, एभिन्युज पुर्वाञ्चल व्युरो प्रमुख सचिन पोखरेल लगायतले सञ्चार क्षेत्रको आवश्कता र भुमिका बारेमा बोलेका छन । साथै कार्यक्रममा पत्रकार धनबहादुर पुरी, सुविद गुरागाई, वेदराज पोडेल, विनय राजवंशी,बाबुराम कार्की,दिपक कार्की, अजित झा, बाबुराम सुवेदी ,निशान प्रकृति, सुनिल चौधरी, नविन चौधरी लगायत सुनसरीका करिब २० जना पत्रकारहरुको सहभागिता रहेको छ ।
कार्यक्रम नेपाली काग्रेस रामधुनी नगर समितिको आयोजनामा भएको हो भने कार्यक्रम सञ्चालन नगरका सचिब दिलबहादुर राईले गरेका थिए ।

तपाईको प्रतिक्रिया