झुम्का एफ.एम.१०६ मेगाहर्ज/श्रावन ३
झुम्का/असार १४ मा सम्पन्न स्थानीय निर्वाचनबाट निर्वाचित भएका रामधुनी नगरपालिका जनप्रतिनिधिलाई एक कार्यक्रम वीच आज सम्मान गरिएको छ ।
थारु महिला उत्थान समाजद्धारा आयोजित कार्यक्रममा रामधुनी नगरपालिका मेयर र उपमेयर लगायत ९ वटै वडाका अध्यक्ष साथै जनप्रतिनिधिलाई दोसल्ला ओढाई सम्मान गरिएको हो ।
विशेष गरी थारु परम्परा अनुसार मेयर जयप्रकाश चौधरी लाई शिरमा पगरी बाँधिएर र उप मेयर सविना चौधरी लाई हातमा हरियो चुरा ल्याई साथै मेहदी लगाएर सम्मान गरिएको छ ।


उक्त कार्यक्रममा सम्मान हुनेमा रामधुनी नगरपालिकाका वडा स्तरीय जनप्रतिनिधि क्रमश महेश कुमार चौधरी, रामनारायण चौधरी, राजकुमार चौधरी, मनेशकुमार चौधरी, डेगराज फुयाल, हेम नारायण राजधामी, केशव गौतम, रुद्र बहादुर बस्नेत लगायत धनश्याम चौधरी लाई सम्मान गरिएको भनी महिला उत्थान समाजकी अध्यक्ष सिता चौधरी बताईन् ।
कार्यक्रमका प्रमुख अतिथि तथा रामधुनीका मेयर जयप्रकाश चौधरीले भने यो समय भनेको विसकाको समय हो, रामधुनीवासिलाई ५ बर्ष भित्र पुर्वाधार विकास भएको महशुस गराउनु जरुरी छ । साथै रामधुनी नगर एउटा धार्मिक दृष्ट्रिकोणले सिंगारिएको क्षेत्र हो यस क्षेत्रलाई विश्व भरी चिनाउन कुनै पनि कसर बाँकी नराख्ने भनि समेत प्रतिबद्धता व्यक्त गरेका छन ।


कार्यक्रममा थारु कल्याणकारीणी केन्द्रिय सल्लाहकार रामराज चौधरी, समाज सेवी तथा पुर्व भासि अध्यक्ष शंकरलाल चौधरी, समाज सेवी तेजनारायण चौधरी लगायतले नव निर्वाचित जनप्रतिनिधिलाई कार्यकालको बधाई तथा शुभकामना मन्त्व्य दिएका हुन ।
उक्त कार्यक्रम थारु महिला उत्थान समाजको आयोजनामा साथै थारु पत्रकार संघको सहयोगार्थमा पुर्व क्षेत्रिय कृषि तालिम केन्द्र झुम्कामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया