झुम्का एफ.एफ. १०६ मेगाहर्ज
रामधुनी/सुनसरीको रामधुनी नगरपालिका झुम्का बजारमा शुक्रवार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
३५ औं विपी स्मृति दिवसको अवसर पारेर नेपाली कांग्रेस रामधुनीनगर समितिले रक्तदान कार्यक्रममा एक सय ५७ प्रिन्ट रगत संकलन भएको भनी नगर सभापति सुदिप अधिकारीले जानकारी दिएका छन ।


रगतको अभाव हुन नदिन, अकाल्मै ज्यान जान नदिन, तीनतीन महिनामा खेर जाने रगत संकलन गरी मानिसको जीवन बचाउनका सकिने उद्देश्यका साथ उक्त कार्यक्रमको आयोजना गरिएको हो भनी अधिकारीले बताए हुन ।
उक्त कार्यक्रम रामधुनीका नव निर्वाचित मेयर जयप्रकाश चौधरी र उप मेयर सविना चौधरीले सयुक्त रुपमामा विपिको तस्विरमा फुल, माल्या अर्पण गरी उद्घाटन गरेका हुन ।

कार्यक्रममा नेपाली काग्रेसका जिल्ला सभापति राजिव कोइराला, सचिव केदार भण्डारी लगायत उद्योगी, व्यापारी, समाजमा सेवी साथै राजनैतिक दलका प्रतिनिधिहरुले सहभागी भई रक्तदान कार्यक्रम सम्पन्न गरेका हुन ।

१९७१ भदौ २४ गते भारतको वनारसमा जन्मिनुभएका बीपीको २०३९ साल साउन ६ गतेका दिन क्यान्सरबाट निधन भएको थियो । उहाँले आफ्नो जीवनकालमा लामो समयसम्म नेपाली कांग्रेसको नेतृत्व सम्हालेका थिए । नेपालमा प्रजातन्त्र स्थापना गर्नमा बीपीको निकै ठूलो योगदान रहेको छ

तपाईको प्रतिक्रिया