रामधुनी/ लामो समय सम्म हुन नसकेको झुम्का उधोग बाणिज्य संघको साधारण सभा असोज २२ गते हुने भएको छ ।
आज बसेको बैठकले असोज २२ गते गर्ने सर्व सहमतिबाट पारित भएको भनी सघंको महासचिव सुजित रायले जानकारी दिएका छन ।
सिचाई प्रकरण तथा स्थानीय निर्वाचनका कारणले समयमा गर्न नसकेको, अब असोज २२ गते गर्ने निर्णय भएको छ, यसमा सबैको साथ र सहयोग गरी दिनहुन सचिव रायले व्यापारी वर्गमा आग्रह गरेका छन ।

यस वाणिज्य संघ भित्र आवद्ध नयाँ व्यवसायिक दर्ता तथा पुरानो फर्मलाई साउन २५ गते भित्रमा नविकरण गर्न अनुरोध गरेका छन साथै उल्लेख समय भित्र नबिकरण तथा नयाँ दर्ता नभए ब्यवसायीले मतदान गर्न ९भोटिङ्ग राईटस० मान्यता नहुने भनी आज प्रकाशित विज्ञप्तीमा जनाएको छ ।

तपाईको प्रतिक्रिया