झुम्का /१० श्रावन
पत्रकारलाई दक्ष, व्यावहारिक तथा व्यवसायिक बनाउने उद्धेश्यले आज देखि सेवाकालिन पत्रकारिता तालिम झुम्काको क्षेत्रीय कृषि तालिम केन्द्रमा सञ्चालन भएको छ ।
रामधुनी नगरपालिकाका नव निर्वाचित मेयर जयप्रकाश चौधरी र नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्काले सयुक्त रुपमा तालिम उदघाटन गरेका हुन ।

तालिमलाई उदघाटन गर्दै मेयर चौधरीले भने रामधुनीका जनताहरुले मलाई जसरी जिताए, त्यसरी नै हजारौ जनताले मलाई सिसि क्यामरा सरह वाच गरिरहेका छन् । यदि मैले जनताको हितका लागि साथै रामधुनीको समग्र विकासका लागि काम गरीन भने मलाई सिसि क्यामरा झैँ निगरानी गर्दैछन् । त्यसैले म रामधुनीको समग्र विकासको लागि कुनै पनि कसर बाँकी नराखी सबै काम समय, परिस्थिति अनुसार अगाडी बढाउदै लैजाने बताएका हुन ।

जनताहरु पनि एक पत्रकार जस्तै हो, हामीले राम्रो काम गरीनौ भने भोलीका दिनमा जनताले हामीलाई विश्वास गर्दैनन् । त्यसकारण सम्पुर्ण पत्रकार र रामधुनीका जनताको सेवा गर्नका लागि हरपल, हरक्षण तयार छु भनेर प्रतिबद्धता पनि व्यक्त छन ।
उक्त कार्यक्रममा नेपाल प्रेस युनियन सुनसरीका सभापति गणेश निरौला, वरिष्ठ पत्रकार याम प्रधान, प्रेस चौतारीका शेखर यात्री, प्र्रेस सेन्टरका राजन के.डी लगायत नेपाली काग्रेस रामधुनीका नगर सभापति सुदिप अधिकारी र सचिव दिल बहादुर राईले तालिम सफलताको लागि शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
तालिममा सुनसरी जिल्लाका सत्र रेडियोका ४० जना परीक्षार्थी सहभागी छन् भने तालिम अर्जुन उप्रेती, अमर खड्का र उकान्त खनालले सहजीकरण गरेका हुन ।
उक्त तालिम नेपाल पत्रकार महासंघको आयोजना र जिल्ला समन्वय समितिको सहयोगार्थमा सञ्चालन भएको हो ।

तपाईको प्रतिक्रिया