झुम्का/ १० श्रावन/
रामधुनी नगरपालिकाको वडा–१ र २ मा एक कार्यक्रम वीच आज थारु महिला सभा वडा स्तरिय कमिटी गठन गरिएको छ ।
थारु महिला सभा रामधुनीका नगर समितिका अध्यक्ष सिता चौधरी तथा थारु कल्याणकारीणी सभा रामधुनी नगरका अध्यक्ष राजकुमार चौधरीको प्रमुख आथ्थियमा वडा १ र २ मा कमिटी गठन गरिएको हो ।


उक्त कार्यक्रममा रामधुनी वडा–१ को अध्यक्षमा लिलि चौधरी, उपाध्यक्ष पार्वती चौधरी, सचिव एकादशी चौधरी, सह–सचिव रेखा पञ्जीहार, कोषाध्यक्ष ममता चौधरी मनोनित भएका छन त्यसै गरी सदस्यहरुमा क्रमश:आशा चौधरी, आरती चौधरी, मिना चौधरी, मञ्जु चौधरी, घुर्नी चौधरी र हिरा चौधरीलाई चयन गरिएको छ । साथै वडा–२ मा अध्यक्ष, उपाध्यक्ष, सचिव, सह–सचिव र कोषाध्यक्ष क्रमश:नितु चौधरी, कुमारी चौधरी, ममता चौधरी, मौसम चौधरी र ऐश्वर्य चौधरी मनोनित भएका छन । त्यसैगरी सदस्यमा क्रमशः श्यामकुमारी चौधरी, वसन्ती चौधरी, फुलकुमारी चौधरी, शितल चौधरी, जागो चौधरी र फुलावती चौधरीलाई चयन गरिएको छ । 


कार्यक्रममा थारु कल्याणकारीणी सभाका केन्द्रिय सल्लाहकार रामराज चौधरी, थारु महिला उत्थान समाजकी सिता चौधरी, थारु महिला सभा इटहरीकी शुशिला लेखि चौधरी लगायतले नयाँ पदाअधिकारीलाई सफल कार्यकालको शुभकामना दिएका थिए ।

तपाईको प्रतिक्रिया