साउन महिनालाई महिलाहरुले खुसयाली तथा व्रतको पवित्र महिनाको रुपमा मनाईन्छ ।
सनराईज  बैंक लिमिटेड झुम्का शाखाद्वारा आयोजित “सनराईज मेहेन्दी उत्सव २०७४” विशेष कार्यक्रम आज सम्पन्न भएको छ ।


स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका रामधुनी नगरपालिकाका उप मेयर सविना चौधरीले हातमा मेहेन्दी लगाएर कार्यक्रमको उदघाटन गरेकी हुन ।
साउन महिना महिलाको लागि विशेष व्रत तथा खुसयालीको महिना भएकोले साथै भगवान शिवको विशेष पूजा आजा र आराधना गर्नाले परिवारमा सधै सुख, शान्ति र समृद्धि हुने जन विश्वास रहि आएको पाईन्छ भनी उप मेयर चौधरीले बताउनु भयो ।


उक्त कार्यक्रममा बैङकका ग्राहक तथा झुम्का लगायत आसपासका महिला दिदी वहिनीहरु कार्यक्रममा सहभागीता भई करिव सय जनाले हातमा मेहेन्दी लगाएका थिए भनी बैङकका शाखा प्रमुख नविन झाले जानकारी गराएका छन ।

तपाईको प्रतिक्रिया