झुम्का/ सुनसरीको सबभन्दा फेमशको रुपमा परिचित माछा र मासुको बजार झुम्का बजार, अहिले जथाभावी फोहोरमैला थुर्पानाले दिन दिनानुदिन दुर्गन्धित र कुरुप बन्दै गइरहेको छ ।

अविरल बर्षाले थुपारेका फोहोर र नगरपालिकाले जथाभावी रुपमा बजार एरियामा फाल्नाले दुर्गन्धित भएको स्थावासीहरुको गुनासो रहेको छ ।

बजार एरियामा विक्रीका लागि राखिएका दैनिक उपभोगीय बस्तु माछा र मासु पसलको अगाडी फोहोर थुर्पानाले किनमेल गर्न आउने ग्राहकहरुलाई आउ जाउमा समेत नाक थुनेर हिडनु पर्ने अवस्था सिर्जना भएको छ ।
दैनिक तीस देखि चालिस वटा खसीको मासु विक्री वितरण हुने र सत्तरी देखि सय केजी सम्म माछा विक्री हुने पसल अगाडि दैनिकी भिडभाड लाग्ने गर्दछ । दैनिक रुपमा फोहोर थुर्पानाले दुर्गन्धले गर्दा बस्नु सक्ने अवस्था नरहेको स्थानीय व्यापारी शम्भुप्रसाद चौधरीले बताए । एक त खुल्ला रुपमा माछा र मासु विक्री वितरण हुन्छ, जताततै झिंगा भन्किरहेकोे हुन्छ, त्यस माथि फोहोरको दुर्गन्धले ग्राहकको आवत जावतमा पनि कमी आएको चौधरी जानकारी दिए ।

माछा र मासु दैनिक रुपमा किन्नको लागि दुहवी, धरान, इटहरी, इनरुवा र भन्टावारी सम्मको उपभोक्ता तथा होटल ग्राहकहरु आउने गर्दछ, मासु व्यापारी सुगुवा चौधरीले बताए, उनले भने दुर्गन्धले गर्दा विक्री गर्न पनि असहज अवस्था भएको छ, ग्राहक पनि गुनासो गरिरहन्छ ।
अविरल बर्षाको कारणले फोहोर व्यवस्थापन गर्न असहज भएकोले फोहोर थुर्पानका लागि नगरपालिकाले जग्गा लिजमा लिसकेको छ, अबको केही दिनमा व्यवस्थापन गर्न सकिने भनि रामधुनी–१ का वडा अध्यक्ष महेशकुमार चौधरीले बताएछन । जुन फोहोर अहिले व्यवस्थापन गरिरहेको छ त्यो ठाउँमा ठुलो गहिरो खाल्डो भएकोले उक्त ठाउँलाई फोहोरले पुर्दै माथिबाट माटो हाल्ने काम भईरहेको छ भनि चौधरीले जानकारी दिए ।

उपभोक्ताले दैनिक रुपमा खुल्ला झिगां भन्केको अस्वथ्यकर मासु खाईरहेको अवस्थामा झन अगाडीको दुर्गन्धित फोहोरको गन्धले हावाको माध्यमबाट विभिन्न किसिमका हैजा, आउँ, तथा झाडापाखा सर्ने सक्ने डर भएकोले छिटो समाधान गर्नका लागि स्थानीय व्यापारीहरुको माग रहेको छ ।

खुल्ला रुपमा माछा र मासु विक्री वितरणमा रोक, साथै सडक छेउमा थुप्रेका फोहोरमैला लाई सही ठाउँमा व्यवस्थापन गर्न सरोकारवला संघ÷संस्था तथा नगरपालिकाले विशेष पहल गर्न जरुरी रहेको छ ।

तपाईको प्रतिक्रिया