निशान प्रकृति थारु /भदौ २६
झुम्का/ तराईवासी महिला नारीहरुको महान पर्व (पावैन) जितिया महोत्सवलाई उद्घाटन गर्दै उप–प्रधानमन्त्री एंवम संघिय तथा स्थानिय विकास मन्त्री विजयकुमार गच्छदारले एक चोटी थारु समुदायबाट नेपालको प्रधानमन्त्री बन्ने इच्छा व्यक्त गरेका छन ।
पूर्वी तराई थारु महिला समुदायको महान पर्व (पावैन) जितिया महोत्सवको आज इटहरी–१५, एकम्बामा उद्घाटन गर्नु हुदै यस्तो कुरा व्यक्त गरेका हुन । संविधान पक्रिया, जनआन्दोल देखि लिएर आफनो ३७ बर्ष को राजनीतिक इतिहासमा गर्दै आईरहेको योगदानको कदर स्वरुप एक चोटी प्रधानमन्त्री बन्न इच्छा गरेका छन ।

स्थानीय चुनाव, प्रदेश तथा संसदीयको चुनावलाई सफल पार्न सबै राजनीतिक दलमा तथा नेपाली जनतामा आग्रह गरेका छन । नेपालमा सात प्रदेशबाट अब आठ प्रदेश हुदां अनि मात्रै थारु तथा मधेशीहरुको माग सम्बोधन हुने गच्छदारको भनाई रहेको छ ।
उनले भने सरकारले गरेको सिमांकनको निर्णय अवैज्ञानिक तथा अव्यहारीक रहेको छ यसलाई सच्याउन आवश्यक रहेको छ । साथै प्रदेश नम्बर १ मा रहेको इटहरी शहरलाई प्रदेशको राजधानी बनाउनेमा पहल तथा सहयोग गर्ने समेत व्यक्त गरेका छन ।
थारु महिला सभा ईकाई समिति इटहरी–१५ एकम्बाद्धारा आयोजित कार्यक्रममा थारु महिला, नारीहरुलाई रहेक क्षेत्रमा अगाडी बढन समेत सुझाव दिएका छन । कार्यक्रममा जितमहान देउताको पूजा आजा गरी थारु, संस्कृति, परम्परा तथा चार्ड पर्वलाई जोगाई सधै निरन्तरता दिन पनि आग्रह गरेका छन ।

इटहरी उपमहानगरपालीका वडा नम्बर १५ का वडा अध्यक्ष श्रवण कुमार चौधरीको संयोजनमा आयोजीत कार्यक्रममा फोरम लोकतान्त्रीकको सांसद कल्पना चौधरी,फोरम लोकतान्त्रीकको उपाध्यक्ष हरिप्रसाद न्यौपाने,इटहरी उपमहानगरपालीकाको मेयर द्रावारीक लाल चौधरी, दुहवी नगरपालीकाको मेयर वेद नारायण गच्छदार लगायतको उपस्थीति रहेको थियो । कार्यक्रममा सनसाइन स्काई क्लव, द क्रियटिभ स्काई क्लव लगायतले स्वयमसेवकको कार्य गरेका थिए ।

उक्त जितिया महोत्सव कार्यक्रममा इटहरीका विभिन्न वडाहरुबाट थारु समुदायका महिला, पूरुष, बालबालिका झाँकी सहित करिब पाँच हजार दर्शकहरु सहभागी भएका थिए ।

थारु समुदायको पौरानिक धुमारा नाच, चाचैर विरहैन, जित महानको कथा लगायत थारु परम्परा झल्काने नृत्य प्रस्तुत गरेका छन । साथै कार्यक्रममा घुङही, तेल रोटी, माछा लगायतका थारु परिकारको स्वाद सम्पुर्ण दर्शकलाई चखाएका थिए ।
उक्त जितिया महोत्सव कार्यक्रमलाई झुम्का एफ.एम. १०६ मेगाहर्जले प्रत्यक्ष प्रसारण गरेका थिए भने भदौ २७ गते इटहरी चौक र २८ गते झुम्का बजार चौकबाट पनि जितिया महोत्सव विशेष कार्यक्रमलाई प्रत्यक्ष प्रसारण गरिने छ ।

तपाईको प्रतिक्रिया