झुम्का /नेपालीहरुको दोस्रो ठुलो चार्ड मानिने तिहारमा रामधुनी नगरपालिकाको झुम्कामा मासु जन्य तथा फलफुलको लाखौको कारोबार भएको छ ।
तिहारको पहिलो दिन काग तिहारको दिन देखि लिएर भाइटीका सम्म घरायसी सर–सम्मान, मासु जन्य पदार्थ, चिसो पेय पदार्थ तथा फलफुलको बढी मात्रामा कारोबार हुने गर्दछ ।

विशेष गरी यो चार्डमा मासु जन्य बस्तु, मदिरा, चिसो पेय पदार्थ साथै फलफुल बढीमा उपभोग गर्ने गर्दछ ।

नेपालीको महान दोस्रो पर्व तिहारमा विशेष गरेर लक्ष्मी पुजाको दिन देखि फलफुलको कारोबार राम्रो हुने गर्दछ एकै दिनमा हामीले लाखौ मुल्य बराबरको फलफुल विक्री वितरण गर्छौ भनी रामधुनी–१ का फलफुल व्यवसाय मोहनलाल चौधरीले बताए छन । यो पर्वमा बिशेष गरी केरा, स्याउ, सुन्तला र मिठाई देउतालाई चढाउने भएकोले बर्षै भरिकै राम्रो कारोबार हुने गर्दछ ।
यो पर्वमा विहान देखि बेलुका सम्म विक्री वितरणमै समय जान्छ, एक छिन पनि फुर्सद हुदैन जे होस अरु दिन भन्दा निकै राम्रो सेल्स हुन्छ चौधरीले थपे ।

तिहारको अर्को विशेषता भनेको मासु जन्य बस्तु तथा चिसो, मदिराको बढी मात्रामा उपभोग हो ।

तिहारको बेला दिनमा तीस देखि पचास वटा सम्म खसीबोका काटेर विक्री वितरण हुन्छ भनि मासु व्यवसाय सुगुवा चौधरीले बताए छन । हामी एक जनाले तेति खसीको मासु विक्री गर्छौ हामी जस्ता खसी व्यापारी करिब ७/८ वटा छ उनीहरुले पनि त्यति मात्रामै विक्री गर्दछ ।
तिहारको बेला दिनमा सबै मिलाएर दुई सय देखि तीन सय खसीबोकाको मासु विक्री वितरण हुन्छ, सुनसरीको झुम्का शुद्ध माछा र मासुको फेमश ठाउँ भएकाले येतिको कारोबार हुन स्वाभिक हो, यहाँ हामी शुद्ध खसीको मासु केही नमिसाईकन विक्री वितरण गछौ त्यसैले राम्रो कारोबार हुन्छ चौधरी बताए ।

तिहार एउटा खुशीको चार्ड हो, रमाइलो चार्ड हो, यसलाई घाँटी हेरी हाड निल्नु पर्छ बढी मात्रामा तडक भडक गर्नु भन्दा आफनो गक्ष्य अनुसार मनाउन उत्तम हुन्छ भनि रामधुनी निवासी हरि कार्कीले बताए छन । यो पर्वमा जुवा तास खेल्ने, मासु जन्य बस्तु बढी मात्रामा खाने, मदिरा सेवन गर्ने भएकोले स्वास्थ्थमा नराम्रो असर पर्न जान्छ, यो पर्वलाई परिवार सित खुशीयाली साथ मनाउन बेस हुन्छ भनि कार्कीले थपे ।

दशै र तिकार प्रत्येक बर्ष आउने चार्ड पर्व भएकोले आफनो गक्ष्य अनुसार परिवार, समाज तथा आफन्त वीच खुसयाली साथ मनाउनु नै बेस हुन्छ ।

तपाईको प्रतिक्रिया