निशान प्रकृति थारु
झुम्का / सुनसरीको रामधुनी नगरपालिकामा प्रथम रामधुनी गोल्ड कप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । पर्यटकीय क्षेत्र रामधुनी मन्दिरको महिमालाई विश्व सामु परिचित गर्नलाई आज पत्रकार सम्मेलनको आयोजना गरी सो प्रतियोगिताको जनाकारी दिएका छन ।

ऐतिहासिक धार्मिक पर्यटकीय तिर्थ स्थल रामधुनी मन्दिरको प्रचार प्रसार तथा नगरका खेलप्रेमीहरुको मनोरञ्जनका लागि फुटबल प्रतियोगित आयोजना गर्न लागेको पत्रकार सम्मेलनमा जानकारी गराएका छन ।

यही कात्र्तिक २६ गतेबाट उदघाट्न हुने प्रतियोगिता मसिंर ३ गते फाइनल खेल समापन हुने आयोजक समुहका अध्यक्ष केशव खडकाले बताए । उक्त प्रतियोगितामा बोइज क्लव इटहरी, गाईघाट फुटबल क्लव उदयपुर, उर्लावारी फुटबल क्लव, सिटी क्लव धरान, ए.पी.एफ.झापा, सप्तकोशी फुटबल क्लव चक्रघटी, र डि.सी.टी. सुनसरी, डि.एफ.सी.मोरङ लगायत आठ वटा टाीमले सहभागी जनाइने भनी खडकाले पत्रकार सम्मेलन मार्फत जनाकारी दिएका छन ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद रु एक लाख एक हजार, ट्रफि र प्रमाणपत्र, दोस्रो हुने टिमले रु ५१ हजार, ट्रफि र प्रमाणपत्र पाउने साथै प्रत्येक खेलको म्यान अफ दि म्याच घोषित हुने खेलाडीलाई नगद रु तीन हजार प्रदान गरिने आयोजक समितिका सल्लाहकार दिलबहादुर राई बताए ।

प्रथम रामधुनी गोल्ड कप नकआउट फुटबल प्रतियोगितालाई मल्टी सोलुसन कन्ट्रक्सन कम्पनी प्रालि, धन लक्ष्मी हार्डवेयर, रामधुनी नगरपालिका र रामधुनी नगरपालिका–४ वडा कार्यलयले प्रायोजन गरेका छन ।

उक्त खेल रामधुनी सिक्दार माझी टोल सामुदायिक वन उपभोक्ता समुहले आयोजना गरेको हो भने कात्र्तिक २६ गते आईतबार दिउँसो २ बजे रामधुनी न.पा.–४ स्थिति रामधुनी मन्दिर छेउको खेल मैदानमा हुने आयोजकले जानकारी गराएका छन ।
झुम्का एफ.एम. १०६ मेगाहर्जले मिडिया पार्टनरको रुपमा खेललाई प्रत्यक्ष प्रसारण गरिने छ ।

तपाईको प्रतिक्रिया