झुम्का/ सनराईज बैङकको दशौ बार्षिक उत्सवको अवसरमा आज इटहरी–१६ मा रहेको रामजानकी शान्ति वृद्धा आश्रमका वृद्धाहरुलाई राहत वितरण गरेका छन ।
कार्यक्रममा इटहरी–१६ का वडा अध्यक्ष दीपनारायण चौधरीको प्रमुख अतिथ्थि र सनराईज बैङकका झुम्का शाखा प्रमुख नविन झाको सभापतित्वमा भएको कार्यक्रममा खाद्यान्न तथा जाडोका लुगा, कपडाहरु दशजना वृद्धाहरुलाई वितरण गरेका हो ।

सनराईज बैङककोे संस्थागत सामाजिक उत्तरदायित्व अन्तर गत रहेको कार्यक्रम अनुसार करिब २५ हजार बराबरको राहत वितरण गरेको हो भनि शाखा प्रमुख झाले बताए ।

उक्त कार्यक्रममा बाल्दै रामजानकी शान्ति वृद्धाआश्रमका अध्यक्ष विष्णुबहादुर डाँगीले भने इटहरी उप महानगरपालिकामा रहेको सवभन्दा पुरानो वृद्धा आश्रम भएकोले धेरै समस्याहरु रहेको छ सम्बन्धीत निकायले आश्रमलाई साथ र सहयोग गर्न आवश्यक रहेको छ,
डाँगीका अनुसार यहाँका वृद्धाहरुलाई सरसफाई, स्वास्थ्य उपचार, खाद्यान्य तथा लुगा कपडाहरु सहयोग गर्न आग्रह गरेका छन । विशेष रुपमा सनसराईज बैङकलाई पनि सहयोग गरकोमा धन्यवाद ज्ञापन गरेका थिए ।


सनराईज बैङकले आफनो दशौं बाािर्षक उत्सवको अवसरमा नेपाल भरी नै विभिन्न किसिमका चेतना मुलक, आर्थिक तथा समाजिक सेवामुलक कार्यक्रम गर्दे आईरहेको झुम्का शाखा प्रमुख नविन झाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया