झुम्का / सुनसरीको रामधुनी नगरपालिकामा मङ्सिर २ गते शनिवार बाट प्रथम मेयरकप फूटबल प्रतियोगिता हुने भएको छ ।स्थानीय निर्वाचन समापन पछिको निर्वाचित मेयर तथा जनप्रतिनिधि तथा रामधुनीका खेलप्रेमीको सक्रियतामा पहिलो पटक मेयरकप फूटबल प्रतियोगिता हुन लागेको हो ।

सुनसरीमा रहेको रामधुनी मन्दिर तथा पर्यकीय स्थलको प्रचार–प्रचार साथै रामधुनीका खेलाडीहरुको समग्र विकास , खैल मैदान स्तर उन्नतिको लागि खेलप्रेमीको उत्साहित सहयोग र साथबाट प्रथम मेयरकप फूटबल प्रतियोगिता आयोजना गर्न लागिएको छ ।

उक्त खेलमा नेपालका राष्ट्रिय तथा अन्तर्रास्ट्रिय खेलाडीको सहभागिता रहने र प्रतियोगितामा प्लानिङ ब्याइज युनाइटेड काठमाडौ, मुनाल क्लब झापा र ए.पि.एफ, डागिहाट फूटबल क्लब मोरङ तथा सुनसरीका डि.सि.टि.तरहरा, गोधुली क्लब धरान, रास्ट्रिय जागृति क्लब इटहरी, तथा आयोजक रामधुनी युवा क्लबको सहभागी रहने खेल आयोजक समितिका सदस्य हरि रायमाझीले जानकारी दिएका हुन ।

प्रतियोगिताको बिजयी टिमले नगद रु.१ लाख र उपबिजेताले पचास हजार, प्रत्येक खेलमा म्यान अफ द म्याचले नगद तीन हजार तथा हरेक बिधामा उत्कृष्ट खेलाडीले पनि रु.तीन हजार पाप्त गर्छन साथै खेल अवधिभर सर्बोत्कृस्ट खेलाडीलाई नगद पाँच हजारले प्रदान गरिने आयोजकले जनाएको छ ।


रामधुनी युवा क्लब झुम्काको आयोजनामा हुन लागेको खेललाई मल्टि सोलुसन कन्स्ट्रक्सन कम्पनी तथा धनलक्ष्मी हार्ड्वेयरले मुख्य प्रायोजन गरेका छन भने सिटि मार्ट,ए.सि.सि.झुम्का पकली नमुना सामुदाइक बिद्यालय, युनिक सगरमाथा बिधालय ,युनिक एकाडेमी, लर्ड बुद्ध इन्टरनेसनल बिद्यालय रामधुनी नगरपालिका वार्ड नम्बर १, ३ र ५ र रामधुनी नगरपालिकाको विशेष सहयोग र साथ रहेको छ ।
उक्त प्रथम मेयरकप फूटबल प्रतियोगिताको खेल रामधुनी नगरपालिका वडा नम्बर ३ मा रहेको पिप्राह खेल मैदान हुने आयोजकले जानकारी दिएका छन । झुम्का एफ.एम. १०६ मेगाहर्जले मिडिया पार्टनरको रुपमा खेललाई प्रत्यक्ष प्रसारण गरिने छ ।

तपाईको प्रतिक्रिया