झुम्का/ सुनसरीको रामधुनी– ९ स्थित मर्चियामा गरीव तथा विपन्न वर्गका लागि आएको २८० जना बराबरको राहत सामाग्री बितरण कार्यक्रममा भेदभाव भएको पाइएको छ ।
राहत नपाएको भन्दै स्थानियवासी आक्रोसित हुँदै रामधुनीको वडा–९ कार्यालय घेराउ गरी ताला बन्दी गरेका छन ।

स्थानियवासी शशीकला चौधरीका अनुसार प्लान इन्टरनेशनल नेपालको सहयोगमा आएको राहत सामाग्री आफु खुशी बाडेको, गरीव तथा विपन्न वर्गले नपाएको कारणले तालावन्दी गरेको बताएका छन ।

रामधुनी–९ का वडा अध्यक्ष तथा सदस्यहरुले आफु खुशी बाडेको, गैर दलित तथा पहँचको भरमा राहत सामाग्री बाँडेको भन्दै स्थानीय महिला विष्णुदेवी चौधरी आक्रोश पोख्दै महिला समुहले तालाबन्दी गरेका बताए ।

जब सम्म राहत सामाग्री निष्पक्ष रुपले, बाढी पिडित, गरीव तथा विपन्न वर्गले बराबरी रुपमा पाउँदैन तव तालाबन्दी नखोलिने स्थानीयवासीले बताएका छन ।

रामधुनी–९ का अध्यक्ष घनश्याम चौधरीका अनुसार प्रतिनिधि सभा तथा प्रदेशको चुनावले गर्दा समय नपाएकाले छनौट पक्रियामा गल्ती भएको स्वीकार गरेका छन । समय अभावका कारण साथै प्लान इन्टरनेशनल नेपालले गरीव तथा विपन्न वर्गको लिस्ट छिटो माग गरेको हुनाले केही विपन्न वर्ग व्यक्तिहरुको नाम छुटन गएकोले छिटै राहत सामाग्री वितरण गरिएने अध्यक्ष चौधरी जानकारी दिएका छन ।

काम गर्दै जाँदा कहिले काही गल्ती हुन्छ, गल्ती स्वीकार गरिसकेको छु । स्थानीयवासी र वडाकार्य सदस्य सामितिको बैठक बसी यो समस्यालाई छिटै समाधान गरी कार्यालय खोलिदिन हुन अध्यक्ष चौधरीले स्थानीयवासी संग आग्रह गरेका छन ।

तपाईको प्रतिक्रिया