झुम्का एफ.एम.१०६ मेगाहर्ज
माघ १४, झुम्का / सुनसरीको रामधुनीमा काठमाण्डौको प्रख्यात नर्भिक इन्टरनेशनल हस्पिटल टोलीको समुहद्धारा मुत्ररोग परीक्षण शिविरको आयोजना हुने भएको छ ।
मुत्ररोग विशेषज्ञ डा. सुभाष चौधरी लगायत डाक्टरहरुको टोलीले मानिसमा देखिने पिसाब अडकिने, पोल्ने, फेर्न गाहो हुने, चुहिने, छिन्न छिन्नमा पिसाव लाग्ने, पिसाबमा रगत देखिने, तल्लो पेट दुख्ने, मिर्गौला पथ्थरी, मिर्गौला क्यान्सर सम्बन्धीको समस्याको उपचार शिविर मार्फत सञ्चालन हुने रामधुनी मेडिकल हलका सञ्चालक मनिष गेलालले जानकारी दिएका छन ।
साथै उक्त शिविरमा विशेष छुट सहित एक्स रे, भिडियो एक्स रे, प्रोस्टेट जाँच, रगतमा चिनिको जाँच र पिसावको जाँच समेत शिविरमा गरिने सञ्चालक गेलालले बताएका हुन ।
शिविर यही माघ १९ गते शुक्रवारका दिन रामधुनी मेडिकल हल झुम्कामा सञ्चालन हुने जनाएको छ ।

तपाईको प्रतिक्रिया