झुम्का / तराईका तथा पूर्वी थारु समुदायले नयाँ बर्षमा रुपमा मनाउँदै आइरहेको सिरुवा पर्वलाई विभिन्न कार्यक्रम गरी थारु महिला सभाले मनाउने तयारी गरिएको छ ।
पूर्वका थारु समुदायले नयाँ बर्षको रुपमा सिरुवा तथा जुर शितल पर्वलाई विशेष रुपमा मनाउने चलन रहेको छ ।

नव गठित थारु महिला सभा सुनसरीले आज बसेको बैठकले सिरुवा तथा जुर शितल पर्वलाई धुमधामले मनाउने, शुभकामना आदान–प्रदान गर्ने, थारुका विभिन्न परिकारहरु स्वाद चखाउने तयारी भईरहेको सभाकी अध्यक्ष राजोदेवी चौधरीले जानकारी गराईन ।
थारु समुदायले नयाँ बर्षलाई सिरुवा पर्वको रुपमा मनाउँछन, त्यही दिन ठुल्ला बडाको गोडामा सानाले पानी चढाई आर्शिवाद लिने, त्यसो गर्दा सधै सुखी, खुशी तथा रोगव्याधीले नछुने, घरको छानोमा पानी छर्कीदा आगो र डढेलो नलाग्ने जन विश्वास रही आएको थारु कल्याणकारीणी सभा रामधुनीका अध्यक्ष राजकुमार चौधरी जनाकारी दिए ।

सिरुवा तथा जुर शितल पर्वमा थारु समुदायले नयाँ लुगा किनमेल गर्ने, बैशाख भरी सिरुवा मेला भर्ने साथै विभिन्न भकवानहरु रोटी,माछा,मासु,पकौरी,बरी,पापड,कचरी पकाएर खाने एक अर्काको घर गई शुभकामना आदान–प्रदान गर्ने चलन रहेको छ ।

कार्यक्रम यही चैत ३० गते थारु कल्याणकारीणी भवन रामधुनी झुम्कामा भव्य रुपमा मनाउने तयारी रहेको आयोजकले जानकारी दिएका छन ।

तपाईको प्रतिक्रिया