निशान प्रकृति
झुम्का / सुनसरीको रामधुनी नगरपालिकामा स्थानीय तहका जनप्रतिनिधिहरुले लाखौको सेवा सुविधा उपभोग गर्दै आईरहेको छ ।
तर स्थानीय तहको निर्वाचन सम्पन्न भएको एक बर्ष वित्न लाग्दा पनि अति आवश्यक पर्ने दमकल, पानी टंकी गाडी र स्थायी रुपमा प्रहरी विटको व्यवस्थापन गर्न नसकिएको स्थानीयवासीले गुनासो गरेका छन । 
रामधुनी नगरपालिकाका मेयर देखि सम्पुर्ण वडा अध्यक्षले लाखौको सवारी साधन तथा मोटरसाइकलको सेवा सुविधा उपभोग लिए पनि अति आवश्यक पर्ने दमकल, पानी टयांकर सवारी किन्ने ध्यान नदिएको स्थानीयको गुनासो रहेको छ ।
झुम्का बजारमा खुल्ला रुपमा माछा, मासु विक्री वितरण, सडक पेटीका छेउमा रहेका व्यापारीको उचित व्यवस्थापन गर्न नसक्नु, धुलो, मैलो खुल्ला रुपमा बेचिरहेका वासी खानेकुराहरु होटलमा अनुगमण गर्न नसक्नुले रामधुनी नगरपालिका दुषित नगरपालिकाको रुपमा परिचित हुदै गईरहेको एक व्यापारी भोलाप्रसाद रौनियारले बताएका हुन । दिन भरी धुलो मैलो उडेर व्यापार गर्न कठिनाई भईरहेको गुनासो गरे ।
लायन्स क्लव अफ रामधुनी तथा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष दिल्ली कार्कीका अनुसार एक बर्ष वित्न लाग्दा पनि जनताबाट चुनिएका जनप्रतिनिधिहरुले अति आवश्यक सवारी साधन समयमा खरिद पक्रिया अगाडी नबढाउँदा ठुलो मानवीय देखि धनजनको क्षति हुने सम्भावना रहेको बताएका छन ।
त्यसै गरी जनताबाट चुनिएर गएका जनप्रतिनिधिहरु आफनो स्वार्थ पुरा गर्न मात्रै विजयी भएको, जनताको समस्या जस्तो त्यस्तै रहेको पुर्व भासि गाविस अध्यक्ष शंकर लाल चौधरीले बताएका छन । आगलागी हुँदा ,आपत विपतमा अरु नगरपालिकाको दमकल, एम्बुलेन्समा भर पर्नु परेको अध्यक्ष चौधरीले गुनासो पोखेका हुन ।
रामधुनी नगरपालिका संग अति आवश्यक पर्ने दमकल, पानी टयांकी खरिद गर्ने पैसा अहिले नभएको प्रशासकिय अधिकृत ओमकार न्यापानेले बताएका छन । त्यसै गरी पानी टयाकर खरिद गर्ने पक्रिया छिटै नै टेन्डर आहवान गर्ने तर दमकल खरिद गर्ने प्रक्रिया बारे कुनै योजना अहिले नरहेको योजना शाखा प्रमुख हर्षलाल चौधरीले बताएका छन ।

तपाईको प्रतिक्रिया