झुम्का / सुनसरीको रामधुनी नगरपालिका झुम्का बजारमा सेन्चुरी कमर्सियल बैङकको १०० औं शाखा आज एक कार्यक्रम वीच उदघाट्न गरिएको छ ।
रामधुनी नगरापालिकाका प्रमुख जयप्रकाश चौधरी र सेन्चुरी कमर्सियल बैङकका सञ्चालक समितिका अध्यक्ष राजेश कुमार श्रेष्ठले संयुक्त रुपमा झुम्का शाखाको समुदघाटन गरेका हुन ।
उदघाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले यस नगरन्मुख बजारमा बैङक शाखाको विस्तारले यहाँका व्यापारीवर्ग तथा जनताहरुले बैकिङक सुविधा सुलभ रुपमा पाईरहेको हुनाले खुशी व्यक्त गरेका छन । बैङकलाई सेवा प्रवाहका लागि रामधुनीका गाउँ–गाउँ पुगी सेवा विस्तार गर्न अनुरोध समेत गरेका हुन । नगरपालिकामा कृषि, उद्योग, विद्युत, कलकारखाना र पर्यटन क्षेत्रमा लगानी बढाउन आग्रह समेत गरेका छन ।


उक्त उदघाटन कार्यक्रममा सेन्चुरी कमर्सियल बैङकका कार्यकारी अधिकृत तुलसीराम गौतम, सहायक अधिकृत जीवन भट्टराई, झुम्का उद्योग वाणिज्य संघका सभापति धर्मेद्र साह लगायतले बैङकको उन्नति प्रगति तथा सफलताको लागि शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
रामधुनी नगरपालिकामा विशेष गरी कृषि, उद्योग, कलकारखाना तथा पर्यटन क्षेत्रमा सुलभ रुपमा ऋण प्रवाह गर्ने उदेश्य रहेको साथै वचत खातामा आकर्षक व्याजदर भएकोले बैङक संग कारोबार गर्न सेन्चुरी कमर्सियल बैङकका झुम्का शाखा प्रमुख अभिशेक बस्नेतले आग्रह गरेका हुन ।

तपाईको प्रतिक्रिया