झुम्का एफ.एम.१०६ मेगाहर्ज
झुम्का/ नेपाली काग्रेस रामधुनी–६ र ७ वडाले संयुक्त रुपमा आयोजना गरी आइतवार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
३६ औ विपी स्मृति दिवसको अवसर पारेर उक्त रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

नेपाली कागे्रस जिल्ला सभापति तथा प्रदेश–१ सांसद राजिव कोराइलाको प्रमुख आथिथ्यमा तथा रामधुनी–६ र ७ वडाका आषिष श्रेष्ठ र जगत राईको सभापतित्वमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

पुर्व क्षेत्रमा भईरहेको रगतको कमी, रगतको अभाव हुन नदिन साथै अकाल्मै ज्यान जोगाउनका लागि रक्तदान कार्यक्रमको आयोजना गरेको नेपाली काग्रेस रामधुनी नगर सभापति सुदिप अधिकारीले जानकारी दिएका छन ।

उक्त रक्तदान कार्यक्रम नेपाल रेडक्रस सोसाइटी सुनसरीले रगत संकलनका लागि सहयोग गरेको र ५८ जनाले रक्तदान गरेका थिए ।

तपाईको प्रतिक्रिया