इटहरी / इटहरी उपमहानगरपालिका वडा नं. १० का सचिव बिदुर रेग्मीलाई १३ हजार घुस रकम सहित रंगेहात पक्राउ गरेको छ ।
उनलाई इटहरी ६ स्थित रोजरक मम हाउसबाट रकम लिदालिदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय इटहरीले टोलीले पक्राउ गरेको हो । होटल दर्ता गर्न भनि रेग्मीले स्थानिय एक व्यवसायीसँग रकम मागेको बताइएको छ ।
रेग्मीले बिहिबार ति व्यवसायीसँग ५ हजार समेत लिइएको बताइएको छ । उनको बिषयमा अनुसन्धान शुरु गरिएको अख्तियारका प्रहरी निरीक्षक राजन कार्कीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया