झुम्का/ थारु महिला समुदायको महान पर्व जितियाको अवसरमा नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।
श्री न्यु साउथ युवा क्लव इटहरी–१४ को आयोजनामा भएको नृत्य प्रतियोगिता सुनसरी भरीका १४ वटा क्लव सहभागी भएका छन ।
गाउँ–गाउँमा लुकेर रहेको प्रतिभालाई उजागर गर्ने उद्देश्यले आयोजना गरिएको आयोजकले जानकारी दिएको छ ।
कार्यक्रममा बोल्दै प्रमख अतिथि पुर्व संसाद कल्पना चौधरीले थारु महिलाहरु विस्तारै खुलेर समाजबाट बाहिर निकिरिहेको अवस्था छ, पहिले जस्तो छैन, अहिले खुलेर बोल्छन हाँस्छन र निर्धक भएर नृत्य गर्छन साहै खुशी लागेको कुरा भएको बताइकी छिन । अव थारु महिलाहरु हरेक क्षेत्रमा खुलेर आउनु पर्छ, आफनो हक अधिकारको लागि लडनु पर्छ भनेर चौधरी भनाई रहेको छ ।
उक्त नृत्य प्रतियोगिता पहिलो, दोस्रो र तेस्रो क्रमश ः केटिएस क्लव, पार्वती मावि, थारु कल्याणकारीणी इटहरी, र सन्त्वाना दिपज्योति युवा क्लव साथै उत्कृष्ट समाज सुधार युवा क्लव भएको निणार्यक निण्डलका रमानन्द चौधरीले जानकारी दिएका छन ।
जितिया विशेष कार्यक्रम नृत्य प्रतियोगिता न्यु साउथ युवा क्लवका अध्यक्ष अछमित चौधरीको सभापतिमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया