रामधुनी । धार्मिक तथा सांस्कृतिक पर्वको रुपमा मनाउदै आएको थारु लोक संस्कृतिको महान जितिया पर्व,महिला माथि हुने लैगिंक भेदभावको विरुद्ध आवाज उठाउने, समाजिक स्पान्तरण अधियानको रुपमा परिवर्तन हुदै गएको कृषि तथा पशुपंक्षी राज्यमन्त्रि रामकुमारी चौधरीले बताएकी छिन् ।

शुक्रवार वराहक्षेत्र नरगपालिकाको चक्रघट्टीमा आयोजित जितिया महोत्सव २०७६मा बोल्दै प्रमुख अतिथि राज्यमन्त्रि चौधरीले त्यस्तो बताएकी छिन् । परिवारको सुख समृद्धि तथा शान्तिको लागि मनाईदै आएको समाजिक आपसी भाईचारा एकताको पर्व जितिया, समाजमा अझै विद्यमान लैगिंक भेदभाव,विकृति विसंगतीको विरुद्ध एकजुट भई सचेतनामुलक आवाज उठाउने मंचको रुपमा अगाडी बढ्दै गएको बताईन् ।

समाजका सबै वर्गका महिलाहरुको राज्यको सबै निकायमा समान प्रतिनिधित्व हुनुपर्ने भन्दै उनले ३३ प्रतिशतको लागि समेत महिलाले आन्त्दोलन र झगडा गर्नुपरेको अवस्थाा रहेको उनले विचार व्यक्त गरिन् ।

वराहक्ष्ँोत्र नगरपालिकाको थारु महिला सभाको आयोजना र थारु कल्याणकारी सभा वराहक्षेत्र नपाको संयोजनमा भएको जितिया महोत्सवमा नरगपालिकाको वराहक्षेत्र देखि मधुवन सम्म ११ वटै वडा वाट,थारु जातिय भेषभुषामा आएका महिला,पुरुष तथा केटाकेटीले विभिन्न जातिय संस्कृति गीत संगीत ,नृत्य,नाटक तथा प्रहसन प्रस्तुत गरेको थारु अधियन्ता तथा शिक्षक अधिकलाल चौधरीले बताए । भने १८ वर्षपछि सुइध परेकोले,सयौं नवदम्पत्तिले समेत उत्साहित भएर जितिया व्रत लिएको स्थानिय प्रदिप चौधरीले बताए ।

नविना चौधरीको अध्यक्षतामा नपाको बसपर्कमा भएको कार्यक्रममा वराहक्षेत्र नपा प्रमुख निलम खनाल,उपप्रमुख कमला मगर ,स्थानिय विभिन्न पार्टी तथा संघसंस्थाका अतिथिहरुको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया