झुम्का । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले टिकापुर घटनाका सबै झुटा मुद्दा खारेज हुने बताएका छन । सुनसरीको रामधुनी झुम्कामा आयोजित जितिया महोत्सवलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले टिकापुर घटना बिषयमा पार्टी भित्र सैदान्तिक निर्णय भैसकेको खुलासा गरेका छन् ।
उनले यो बिषयको निर्णय कार्यान्वयनको चरणमा रहेकोले सबैलाई धर्यगर्न पनि आग्रह गरेका छन् । प्रचण्डले रेशमलाल चौधरी तर्फ लक्षित गर्दै जनमत पाएर निर्वा्चित सांसदलाई स–सम्मान राजनीतिमा ल्याउने वातावरण बनाइने बताएका छन् । उनले यो कार्यमा पार्टी पंक्तिनै लागि परेको बताए ।
प्रचण्डले संघीय लोकतान्त्रिक व्यवस्थाप्रति सामान्य खालका अराजक र उछ्श्रृङखल गतिविधि हुन थालेको भन्दै त्यसको प्रतिबाद गर्नु पर्ने बताए । उनले राजनितिक परिवर्तन र राज्य व्यवस्थाप्रति भने कुनै तहबाट अहिले नै खतरा भने नरहेको स्पष्ट पारे । अध्यक्ष प्रचण्डले अहिले नै राज्य व्यवस्था प्रति कुनै प्रकासको खतरा नभएको तर जुन खालको गतिविधि देखापर्न थालेको छ, त्यस खालको गतिविधिको प्रतिवाद गर्ने समय भने आई सकेको दाबी गरेका छन् ।
थारु कल्याणकारिणी सभा सुनसरीले आयोजना गरेको जितिया महोत्सवलाई नेकपाका प्रदेश संयोजक भीम आचार्य सहित कृषि तथा पशुपन्छी बिकास राज्य मन्त्री रामकुमारी चौधरी। कांग्रेस सांसद सिताराम चौधरी, तेजुलाल चौधरी लगायतका स्थानीय तहका जनप्रतिनिधिले सम्बोधन गरेका थिए ।

तपाईको प्रतिक्रिया