झुम्का / सनराईज बैङक लिमिटेडले आफनो १२ औं वार्षिक उत्सव देशभरी मनाईरहदा झुम्का शाखाले सरसफाई कार्यक्रमको आयोजना गरी मनाएका छन ।
विहीवार भएको सरसफाई कार्यक्रममा झुम्का चौकमा अवस्थित झुम्केश्वर मन्दिर वरिपरि सरसफाई गरेका हुन । उक्त अवसरमा सनराईज बैङक लिमिटेड झुम्का शाखाले मन्दिरका लागि दान पेटिका, दुईवटा डस्टविन, विद्युतीय उपकरण दुईवटा माइक वितरण गरिएको शाखा प्रमुख द्रोर्न घिमिरेले जानकारी दिनु भएको छ ।
बैङकको सामाजिक उत्तरदायित्व अन्तरगत सरसफाई कार्यक्रम गरिएको साथै असोज २५ गते झुम्कामा प्रभात फेरी कार्यक्रम गरिने घिमिरेले जानकारी गराए । उक्त सरसफाई कार्यक्रममा बैङक कर्मचारी, झुम्का उद्योग वाणिज्य संघका पदाधिकारीको उपस्थित रहेको थियो ।

तपाईको प्रतिक्रिया