विराटनगर / असोज १२ गते सुनसरीको बर्जु गाउँपालिका–३ अमडुवाबाट पेस्तोल र लागूऔषधसहित २ जनालाई प्रहरीले पक्राउ ग¥यो ।
विशेष सूचनाको आधारमा १ नं। प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूह (आर.आइ.टी )तथा इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरी टोलीले मोरङको सुन्दरहरैंचा नगरपालिका–५ मगरटोलका २७ वर्षीय करणकुमार चौधरी र २१ वर्षीय प्रकाश चौधरीलाई पक्राउ गरेको थियो । प्रहरीले उनीहरूको साथबाट अमेरिकी पेस्तोल र त्यसमा लाग्ने २ राउण्ड गोली बरामद गरेको थियो ।

बर्जु गाउँपालिकाको अमडुवामा प्रहरीले अवैध साना हतियार बरामद गरेको दुई दिन बित्न नपाउँदै विराटनगरस्थित बसपार्कमा बेवारिसे अवस्थामा सार्वजनिक सवारी साधनभित्र लुकाएको पेस्तोल असोज १४ गते प्रहरीले बरामद ग¥यो ।

त्यो पेस्तोल ल्याउने गिरोहलाई प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन । मोरङ प्रहरीले हतियार ल्याउने भरियालाई सुनसरीबाट पक्राउ गरी बुधबार राति मोरङ प्रहरीले ल्याएको छ । अहिले अनुसन्धानको क्रममा रहेकोले मुख्य गिरोहलाई पक्राउ गर्न प्रहरीले ती भरियाएको नाम गोप्य राखेको प्रहरीको भनाइ छ ।

जेठ २७ गते विराटनगरमा खाद्यान्न व्यापारी जितु भनिने जितेन्द्र रायको हत्या गर्ने योजना बनाएर आएका भारतीय ‘सार्पसुटर’ १९ वर्षीय कुनालकुमार सिंहलाई मोरङ प्रहरीले दुईथान पेस्तोल र आठ राउण्ड गोलीसहित पक्राउ ग¥यो ।

पक्राउ परेका रायसहित तीनजनाले पाँचलाख भारतीय रुपैयाँको सुपाडी लिएर व्यापारीको हत्या गर्न सार्पसुटर विराटनगर आएको प्रहरीको अनुसन्धानबाट खुलेको थियो । कुनालकुमार सोही दिन पक्राउ परेका थिए भने अन्य केही दिनपछि । अहिले उनीहरू जिल्ला अदालत मोरङको आदेशमा पुर्पक्षका लागि थुनामा छन् ।

१४ जिल्ला रहेको प्रदेश १ मा २०७३र०७४ मा २६ वटा साना हतियार प्रहरीले बरामद गरेको थियो । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनरको अभिलेखअनुसार ०७४र७५ मा १४ वटा हतियार बरामद भएको थियो । जसमा ११ वटा पेस्तोल र ३ वटा कटुवा पेस्तोल बरामद भएको छ ।

तपाईको प्रतिक्रिया