काठमाडौँ / सरकारले चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणका अवसरमा आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गृह मन्त्रालयका अनुसार सर्वसाधारणमा पर्ने असुविधा र सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै सार्वजनिक बिदा दिने निर्णय गरिएको हो । राष्ट्रपति सी शनिबार नेपाल आएर आइतबार चीन फर्कने कार्यक्रम रहेको छ ।
यसअघि, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा पनि बिदा दिइएको थियो ।

तपाईको प्रतिक्रिया