प्रदीप जस्मैत चौधरी
बराहक्षेत्र । बराहक्षेत्र ५ श्री जडेज माविको खेल मैदानको पुर्व पट्टी हैटाखोलाको बच्चाको लास भेटिएको छ । साल नाल सहित को नाबलक बच्चा मृत अबस्थामा भेटिएको हो ।

स्थानीयले २३ गते विहिवार बेलुका देखे पनि गुडिया हो भनेर वास्ता गरेको थिएनन । शुक्रबार विहान ९ बजे फेरि खोलामा देखे पछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

बराहक्षेत्र नगरपालिका चक्रघट्टीका असइ दिपेश कुमार देवले गहुगोरो रंगको अन्दाजी एक दुई दिन मात्र भएको नानी जन्मेर खोलामा फालेको हुन सक्ने बताए । लासलाई पोष्टमार्टमको लागि वीपी कोईराला विज्ञान प्रतिष्ठान पठाईएको बताए ।

तपाईको प्रतिक्रिया