धरान/ धरानमा लागुऔषध खैरो हेरोईन र हतियार सहित एक जना पक्राउ परेका छन् । सुनसरीको धरान उपमहानगरपालिका(९ आचार्य लाईनबाट ठुलो परिणामको लागुऔषध र हतियार सहित १ जना पक्राउ परेका हुन् । कोशी गाउँपालिका(३ घर भई आचार्य लाईन धरानमा डेरा गरी बस्ने २३ बर्षीय निरज कुमार राउतलाई लागुऔषध र हतियार सहित डेराबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

राउतको डेराबाट प्रहरीले ठुलो चाईनिज पेस्तोल १ थान, म्यागजिन १ थान र १३ राउण्ड गोली बरामद गरेको छ । यसैगरी म्क्ष्ब्ीभ्ह्(म्ऋ ज्ञण्ण्m िको २२५ बोतल, खैरो होरोइन ७ ग्राम, ल्ष्तचयकगल ६४० ट्याब्लेट, स्पास्मोप्रोक्सिवन प्लस १२ हजार ९ सय ४४ क्याप्सुल, नगद ११,३३०। , तौल गर्ने डिजिटल मेसिन १ थान, मोवायल १ थान लगाएत अन्य कागजात समेत बरामद गरेको इलाका प्रहरी कार्कयालय इटहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया