झुम्का / इटहरी उपमहानगरपालिका अन्तरगत पकलीको कान्छी चौक महेन्द्र राजमार्गमा रहेको जालपा पेट्रोल पम्प अगाडि सवारी दुर्घटना हुँदा २६ जना घाइते र तीन जना गम्भीर अवस्थामा रहेका छन ।
सोमबार दिउँसो करीब ४ बजे भएको दुर्घटनामा पुर्वबाट पश्चिम तर्फ जादै गरेको को १ ज २८३५ नम्बरको म्याजिक र विपरित दिशाबाट आउँदै गरेको को २ ह ५९३ नम्बरको ट्याम्पो एक आपसमा ठक्कर खादा ट्याम्पोमा सवार र म्याजिकमा करिब सवार २६ जना घाइते भएको प्रहरी कार्यालय पकलीले जनाएको छ ।
घाइते मध्ये ३ जना गम्भिर घाइते भएको प्रहरी निरीक्षक दितेश दाहालले जानकारी दिएको छ । घाइतेको इटहरी स्थित एपेक्स अस्पातलमा उपचार हुँदै गरेको र गम्भिर घाइते भएकाहरुलाई वीपी कोइराला स्वास्थ्थ पतिष्ठान धरान र विराटनगर स्थित न्युरो अस्पातल पठाएको इलाका प्रहरी कार्यालय पकलीले जानकारी दिएका छन ।

तपाईको प्रतिक्रिया