मोरङ / आईतबार ७ वटै प्रदेश प्रमुखलाई हटाईएपछि सोमबार बसेको नेकपाको सचिवालय बैठकले नयाँ प्रदेश प्रमुखको नाम सिफारिस गरेको छ ।
प्रदेश १ मा प्रमुखका लागि बिष्णु प्रसाईको नाम सिफारिस भएको छ । झापाको काकरभिट्टा निवासी प्रसाई २०५४ सालको स्थानीय निर्वाचनबाट जिविस झापाका उपसभापतिमा निर्वा्चित भएका थिए । तत्कालिन नेकपा एमालेका जिल्लास्तरका नेता प्रसाई २०५६ सालको संसदीय निर्वाचनमा झापा १ बाट कांग्रेसका नरेन्द्रविक्रम नेम्वाङसंग झिनो मतान्तरले पराजित बने ।
उनी गत स्थानीय निर्वाचनमा मेचीनगर नगरपालिकामा एमाले बाटै मेयर पदका प्रत्यासी थिए । उनीसँगै प्रदेश प्रमुखमा सिफारिस भएकाहरुमा चितवनका अमिक शेरचन, कास्कीका सोमनाथ अधिकारी प्यासी, बाँकेका तिलकबहादुर परियार, सिरहाका धर्मनाथ यादव, डढेल्धुराका गोविन्द कलौनी र काठमाडौंकी शर्मिला त्रिपाठी रहेका छन् । बैठकमा विश्वकान्त मैनाली, रघु पन्त, अमृत बोहोरा, श्रीमाया थकाली, वेदुराम भूषालका लगायतका नाम पनि प्रस्ताव गरिएका थिए ।

तपाईको प्रतिक्रिया