इनरुवा । आफ्नो श्रीमती अनिता पण्डित सँग यौनक्रिडा गदै देखे पछि सुनसरी इनरुवाका अशोक पण्डितले जग्गा ब्यापारीको हत्या गरेका छन । इनरुवा ३ सोमबारे हाट नजिकै हत्या गरिएका कारी यादवलाई उनकै छिमेकीहरुले हत्या गरेको खुलासा भएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार तीन दिन अगाडि मृत भेटिएका कारी यादवलाई उनकै छिमेकी अशोक पण्डित र अनिता पण्डितले आफनै घरमा हत्या गरेका हुन ।
प्रहरीका अनुसार मृतक कारी यादव र हत्यामा संलग्न रहेकी अनिता पण्डीतसँग यौन सम्बन्ध कायम भईरहेको अवस्थामा उनका श्रीमान अशोक पण्डितले फेला पारेपछि कारी यादवलाई भाला जस्तो फलामे हतियारले रोपी संख्त बनाएको र त्यसपछि डोरीले घाटीमा बाँधेर हत्या गरेका थिए ।
डोरीले तानेर घिस्याउँदै सोमबारे हाटको माछाको फोहोर फाल्ने ठाँउ नजिकै लगेर फालेको अनुसन्धानका क्रममा छ । मृतक कारी यादवले आफ्नी श्रीमती घरमा नभएकाले यौन सम्पर्क राख्नका लागि अनिता पण्डितलाई मोवाइल फोनमा सम्पर्क राखी घर बाहिर बोलाए पछि पुनः अनिताकै घरमा रहेको बरण्डामा गई त्यहा रहेको खाटमा दुई जना बिच यौन समबन्ध भैरहेको अवस्थामा अशोकले फेला पारेपछि हत्याको घटना भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार कारी यादवले महिलालाई मोवाईलबाट फोन गरेर बाहिर बोलाएको तर महिलाले श्रीमान घरमै भएको भन्दै आज नभेट्ने भन्दाभन्दै जवरजस्ती बोलाएर भेटेको र त्यसपछि श्रीमान घरमै भएको अवस्थामा बाहिर यौनसम्पर्कको प्रयास गरेका थिए ।
प्रहरी उपरिक्षक यज्ञबिनोद पोखरेलले हत्याका आरोपीहरुलाई थप अनुसन्धानको लागि शुक्रवार सुनसरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी हिरासतमा राखेको जानकारी दिए ।

तपाईको प्रतिक्रिया