झुम्का /रामधुनी बचत समुह दोहा कतारद्धारा इटहरी–१५ एकम्बा निवासी मृगौला पिडित महादेव चौधरीलाई सहयोग गरेका छन ।

सेवा नै धर्म हो मुल नारा राखि रामधुनी बचत नामक समुह दोहा कतारमा बस्दै आइरहेका युवाहरुले आफनो तलवबाट केही रकम बचत गरी सहयोग गरेका हो । उक्त सहयोग रकम मृगौला पिडित महादेव चौधरीलाई नगद ३१ हजार एक सय साठ्ठी रुपैया सहयोग प्रदान गरेका छन ।

रामधुनी बचत समुह दोहा कतारका अध्यक्ष मनोज चौधरी, सल्लाहकार विजय चौधरी लगायत बविता चौधरी, सम्झना चौधरी, सुकमैन चौधरी र शर्मिला चौधरीले एक साथ पिडित परिवारलाई सहयोग रकम प्रदान गरेको छ ।

उक्त सहयोग रकम इटहरी–१५ का वडा सदस्य अशोक चौधरीको रोहवरमा सहयोग प्रदान गरेको जानकारी दिएका छन । मृलौला पिडित हाल विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराउँदै गरेको अवस्थामा रहेको छ ।

तपाईको प्रतिक्रिया