झुम्का / सिद्धबाबा भनिने कृष्णदास गिरीलाई एम्बुलेन्समा हालेर जिल्ला प्ररी ल्याईएको हो । विरामीको नाटक गर्दै अस्पताल नै बस्न थाले पछि प्ररीले उम्बुलेन्समा चडाएर प्ररी कार्यलय ल्याईएको हो । । उनलाई बिहान ५ बजे बिराटनगरस्थित बिराट नर्सिङ होमबाट लिइएको हो । तीन दिन देखि प्रहरीले नियन्त्रणमा लिएर निगरानीमा राखेको थियो ।

बिहानै जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी बिनोद शर्मा नेतृत्वको प्रहरी टोली अस्पताल पुगेको थियो । गिरीलाई एम्बुलेन्समा हालेर जिल्ला प्रहरी कार्यालय ल्याइएको डिएसपी शर्माले जानकारी दिए ।शर्माका अनुसार गिरीको स्वास्थ्य अबस्था सामान्य रहेको र नियन्त्रणमा लिइएको बताए ।

उनलाई आइतबार दिउसो अर्ट अट्याक भएको भन्दै आईसीयूमा गरिएको थियो । तर बिहान पूंन भक्तजनसँग भेटघाट गर्न थालेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिइ सुनसरी ल्याएको हो ।स्वास्थ्य स्थिति सामान्य नहुदै प्रहरीले नियन्त्रणमा लिएको भन्दै चिकित्सकहरुले प्रहरीको बिरोध गरेका थिए ।उनलाई आजै सुनसरी जिल्ला अदालतमा म्याद थपको लागि लगिने बताइएको छ ।

तपाईको प्रतिक्रिया