झुम्का /सुनसरीको झुम्कामा थारु डान्स स्टार–२०७६ सिजन–२ को पहिलो अडिसन आजबाट सुरु भएको छ । थारु जागरण अभियान द्धारा सञ्चालित थारु डान्स रामधुनीको झुम्काबाट सुरु गरिएको हो ।
गाउँ तथा शहरमा रहेका थारु युवा युवतीमा लुकिएको प्रतिभालाई उजागर गर्ने उद्धेश्यले थारु डान्स स्टार प्रतियोगिताको विभिन्न सहरमा अडिशन सुरु गरिने त्यस मध्ये अडिशनको क्रममा शनिवार झुम्काबाट पहिलो अडिशन सुरु गरिएको कार्यक्रम संयोजक निशान प्रकृति थारुले जनाकारी दिएका छन ।
प्रतियोगितामा उत्कृष्ट हुनेलाई थारु डान्स स्टार–२०७६ बाट सम्मान गरिने छ । प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमश : १ लाख, ५० हजार र २५ हजार तथा शिल्ड प्रमाण पत्र प्रदान गरीने थारु जागरण अभियान सुनसरीका अध्यक्ष तारादेवी चौधरी बताएकी छिन ।
शनिवार भएको पहिलो अडिशनमा झुम्काबाट ५० जना सहभागी मध्ये ३३ जना छनौट भएको छन । सुनसरीका इनरुवा, झुम्का, इटहरी, दुहवी, लगायत कलाबञ्जर बजारहरुमा क्रमश अडिशन गर्दै लैजाने आयोजकले जानकारी दिएका छन ।

तपाईको प्रतिक्रिया