काठमाण्डौ / विश्वव्यापी महामारी रुपमा फैलिरहेको कोरोना भाइरसबाट बच्न छिमेकी देशसँगका सबै नाका बन्द गर्ने सरकारले तयारी गरेको छ ।

मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा हिजो बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकमा कोरोनाबाट सुरक्षित रहन देशका सबै नाकामा मानिसको आवतजावत रोक्ने विषयमा छलफल भएको थियो ।

एक देशबाट अर्को देशमा आवतजावतले कोरोना संक्रमण फैलिने जोखिम बढेकाले छिमेकी सबै देशका सीमा नाका बन्द गर्ने विषयमा बैठकमा छलफल भएको जनाइएको छ । उत्तर र दक्षिणतर्फका सबै सीमा नाका दुई साता बन्द गर्ने तयारी गरे पनि आपूर्ति भने नरोक्ने तर मानिसको आवतजावत बन्द गर्ने तयारी सरकारले गरेको हो ।

आज साँझ ५ बजे कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको पुनः बैठक बसेर कहिलेसम्म बन्द गर्ने भन्ने निर्णय गरिने बताइएको छ ।

तपाईको प्रतिक्रिया